चित्लाङको यात्रा र इन्द्रसरोवर तालमा शयर गर्दाको त्यो क्षण

बुधबार, २७ चैत २०७५, १३ : ०७ नागरिक

जिन्दगीका हरेक आरोह–अवरोहमा दृश्यहरू देखिन्छन्, भेटिन्छन् तर सबैलाई कैद गर्न सकिँदैन। कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव उर्जाशील बनाउन मद्दत पु¥याउँदो रहेछ। यात्राको क्रममा कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि कतै यो स्वर्गको टुक्रा नै पो हो कि ? कति कुरालाई आँखाले देखिँदैन जसलाई मनले हेर्नुपर्ने हुन्छ। तर कतिपय यस्ता हुन्छन् जो मनबाट पनि आँखाबाट पनि देख्न सकिन्छ। मैले पनि जीवनमा थोरै ठाउँहरूको यात्रा गर्ने अवसर पाएको छु।  त्यसमध्ये एक हो– मेरो गृह जिल्लामा रहेको अर्थात् मकवानपुरको चित्लाङ।

चित्लाङ्को नामाकरण सम्बन्धमा ‘चित्लाङ्ग अर्थात् सम्राट अशोकले छोरी चारुमतीका नाममा चाबहिलमा बौद्ध बिहार निर्माण गर्नुअघि चैत्य बनाएको (२३ सय बीस बर्षपहिले) र दक्षिणबाट राणाकालमा नून (चि) बोकेर काठमाडौँ लगिने मुख्य बाटो (लँ)’। (प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठको फेसबुकबाट)

काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ। जसअनुसार सबैभन्दा कम दुरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ। काठमाडौंबाट मातातिर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटर चित्लाङ पर्छ। दक्षिणकाली फर्पिङ कुलेखानी भएर जाँदा ५२ किलो मिटरको दुरीमा चित्लाङ पुगिन्छ। अर्को अझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ। काठमाडौंबाट नजिकै, फरक र सुन्दर जसको पनि मन खिच्न सक्ने एउटा टुक्रा हो चित्लाङ। मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ठाउँ हो चित्लाङ। हामी पनि यही चैत २० गते दिउँसो ३ बजे अफिसबाट कार्यशाला गोष्ठी एवं समीक्षाको लागि चित्लाङ पुग्यौं।

चित्लाङमा पहिलो दिन काउन्सिलको यो वर्षको हालसम्मको प्रगति, असारमा मसान्तसम्मको कार्यक्रम र आगामी आ.व.को बजेट÷कार्यक्रम सम्बन्धमा प्रारम्भिक छलफल भयो। दोस्रो दिन माथि पेश भएका प्रगति र कार्यक्रमको रुपमा बुँदागत एवं शाखागत छलफल भई काउन्सिललाई थप प्रभावकारी बनाउन नियमित कार्यक्रम आचारसंहिता जागरण, मिडियाप्रतिको जनगुनासो सुनुवाई, प्रशिक्षण, संवाद तथा अनुसन्धान कार्यक्रमका साथै अभिलेखीकरणका र अनुगमन प्रणालीलाई सुदृढ गर्ने मिडिया डाटा सेन्टर स्थापना गर्ने, मोवाइल एप्प निर्माण गर्ने, थप अनुगमनकर्ताका व्यवस्था गर्ने जस्ता विषय प्राथामिकताका साथ अघि सार्ने विषयमा छलफल केन्द्रित भएको थियो। कार्यक्रम माथि उल्लेख भएअनुसार अफिसियल नै थियो र पनि जाने आउने र बचेको समयमा स्थानीय पर्यटकीयस्थलहरुको समेत भ्रमण गर्ने अवसर मिल्यो।

चित्लाङ भ्रमणको क्रममा मनमोहक एवं यादगार क्षणको रुपमा हामीले बैठक सकिएपछि कुलेखानी गएर इन्द्रसरोवर तालमा बिताइएको पललाई लिन सकिन्छ। जसलाई संक्षेपमा यहाँ प्रस्तुत गर्न चाहन्छु। पहिलो दिन– लाग्थ्यो हामी हाँस्न, नाच्न र गाउनकै लागि जन्मेका हौं। बाटो साँघुरो थियो। ठुलो बस छिर्न पनि गाह्रो तर हामी त्यही बाटोमा गुडिरहेको बसभित्रै नाच्यौं। विशेषगरी सहकर्मी मदनकृष्ण सिलवाल, सविता ढकाल, कुशल अर्याल, विशाल पौडेल अनि म। लाग्यो बसभित्र हामी यति मात्रै थियौं। तर हाम्रो त्यो बसमा अन्य सहकर्मी मित्र तथा अग्रज सरहरु पनि सरिक हुनुहुुुन्थ्यो। विशेषगरी हामीलाई प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामशरण बोहराले नेतृत्व तथा अभिभावकत्व भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी अर्का उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, महेन्द्र सिंहलगायत सहयात्रीहरुले मनोरञ्जनमा सघाउ पु¥याउनुभएको थियो। कहिले बजिरहेको गीतसँगै ठुल्ठुला आवाजमा गीत गाउथ्यौं। कहिले गीतको शब्दसँगै चित्लाङ नै थर्कने गरी हास्थ्यौं। त कहिले अभिनय र नक्कल गर्दै नाच्यौं। सायद हामीहरूको विषेशता नै त्यही थियो होला।

बसमा निकै नाच्दै, हाँस्दै र उफ्रदैँ हामी ३ घण्टामा चित्लाङ पुग्यौ। विशेषगरी काठमाण्डौंमा धुलो बढी भएर होला खुल्ला र निको आकाश कमै देख्न पाइने तर चित्लाङबाट खुल्ला र निलो आकाशको सहकर्मी सविता ढकालले निकै मज्जा लागेको कुरा सुनाउनुभयो। जुन मैले पनि भरपूर अनुभूति लिएको थिए। चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतीले पनि धनी पाइयो। तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन देख्दा आँखाको धित मर्नेगरी हेरेको हेर्यै भयौं। त्यति मात्रै होइन हामीले आदिबाटोभरि लालिगुराँस र भर्जिन प्रकृतिसँग रमाउने अवसर प्राप्त गर्यौ।

बाटोभरी जंगल राताम्ये छ। जंगलै फुलेका लालिगुराँस हेर्न र गुराँससँग सेल्फी खिच्न साथीहरू निकै लालाहित देखिन्थ्ये। मनभित्र यस्तो लाग्यो गुराँसमै टासिउँ, सुम्सुम्याउ,, टिपु र खाऊँ। गुराँसको खानी नै रहेछ भन्दै हामीले पनि बसभित्रैबाट दृश्यहरूलाई कैद गर्यौ। करीब ३ घण्टाको यात्रापछि जब हामी बसबाट ओर्लिएर होटलमा पुग्यौ हामीलाई स्वागत गर्न सिस्नुको तातो सुप पाउँदा ‘अथिति देवो भवः’लाई सार्थक पारेको अनुभूत गरियो। हामी बसेको होटल वरिपरि हरियाली घाँसे चउर र नासपातीको घना बगंैचाकै बीचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स–साना कटेजले साच्चै नै जीवनमा कहिल्यै नपाएको आनन्द दिलायो। त्यसपछि रातमा क्याम्प फायरको मज्जा। गर्मी महिनामा पनि चित्लाङमा साँझ परेपछि जाडो हुने भएकाले क्याम्प फायरको मज्जा बेग्लै भयो।

भोलिपल्ट मनै लोभ्याउने मानव निर्मित इन्द्रसरोवर ताल
बिहानको बे्रकफास्टसँगै हामीले बिहान वरिपरि घुम्यौ। चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर ताल र चन्द्रागिरीसम्म हाइकिङ गर्न सकिने रहेछ।  विद्युत आपूर्ति गर्दै आएको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो। यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ। जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित छ। कुलेखानी अर्थात् इन्द्र सरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ। हो हामी पनि भोलिपल्ट बिहानको खाना र बैठक सकेर काठमाडौं फर्कने क्रममा इन्द्रसरोवर ताल पुग्यौं। मार्खु र कुलेखानीअन्तर्गतका गहिरो खोँचमा बाँध बाँधी नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखनी जलविद्युत परियोजनाको जलासय इन्द्रसरोवर आफैँमा एक नौलो नमूना हो।

करीब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानव निर्मित ताल अवलोकन गर्न हामी एकदमै उत्साहित थियौं। मकवानपुरको मार्खुमा रहेको यस तालमा डुङ्गा सयर र तालको सौन्दर्य नियाल्न ठुलो अवसर थियो। कुलेखानी वरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित  बनायो। जब तालमा पुग्यौ तब धैर्यताको बाँध फुट्यो। हामीमात्रै होइन त्यहाँ अन्यत्रबाट आउनुभएका पर्यटकहरू उत्साहित देखिन्थे। हामीले पनि डुङ्गा सयर गर्ने भयौं। त्यसको लागि सुरक्षित ज्याकेट लगायौं। हामी ५ वटा डुङ्गा बसेका थियौं।

इन्द्रसरोवर तालमा डुङ्गा सयर गर्दा गरिएका रमाइला तथा रोचक कुराकानी
बोल्न मनपर्ने म। सायद कतिपयलाई त झर्को लाग्दो हो। तर के गर्नु रेडियोमा काम गर्नेहरूको विशेषता नै यही हो। जहाँ गयो बोल्नुपर्ने, प्रश्न सोध्नुपर्ने। मोबाइल झिकेर मैले भिडियो गर्दै सबैलाई एक–एक गर्र्दै प्रश्न गर्न थाले। दुईटा डुङ्गामा सयर हामीहरूबीच दोहोरी पनि चल्यो। केही रमाइला किस्साहरू पनि चल्यो।

क–कस्लाई कस्तो लाग्यो त ?

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ईश्वरीप्रसाद ओझा
नेपालमा यस्ता धेरै तालहरू छन्। इन्द्रसरोवर ती मध्ये पनि एक महत्वपूर्ण ताल हो। यो तालमा डुङ्गा सयर गर्न पाउँदा मन निकै आनन्दित भएको छ। यो अवसर जुटाएकोमा आयोजकलाई धन्यवाद छ। सबै साथीहरू खुशी हुनुहुन्छ। यहाँ पर्यटकको प्रचूर सम्भावना पनि छ। यो कार्यक्रम पनि एक महत्वपूर्ण हो। धन्यवाद

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी
साथीहरूसँग आज  निकै रमाईलो भैरहेको छ। यो मार्खुमा डुङ्गा सयर मेरो जीवनमै पहिलो हो। हिजो बेलुका पनि साथीहरूले पूथ्वीले थाम्ने गरी रमाइलो गर्नुभयो। त्यसको लागि मलाई रमाइलोसँगै स्मरणीय क्षण भयो। यस्ता कार्यक्तमहरू बेला–बेलामा हुनुपर्छ भन्ने मेरो आग्रह हो।

मुख्य अधिकृत झविन्द्र भुसाल
यहाँको सबै चिज अर्गानिक भन्ने रहेछ। हामी पनि डुङ्गा चढी इन्द्रसरोवर ताल घुम्न आएको, यस्तो सुन्दर ठाउँ आउँदा निकै रमाईलो भएको। सधैं विकासे खानकी खाएर होला केही साथीहरुलाई अर्गानिक खानाले नसहेर पेट पोलिरहेको छ। यो तालले गर्दा पर्यटकलाई लोभ्याएको छ। यस्ता तालले विद्युत् उत्पादनका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दछ।

लेखा अधिकृत सविता ढकाल
यसको आनन्दको सीमा छैन। कुनै शब्द छैन।  यो मेरो फस्ट अनुभव हो। यस्तो बृहत् ताल घुमेको पहिलोपटकको हो। मन एकदम चञ्चल भएको छ।  दुखःपीर सबै यही छाडेर  जानेछु।

लेखा सहायक विष्णु लम्साल
निकै आनन्द  भैरहेको छ। यो खुसीको कुनै सीमा छैन निकै नतमस्तक छु।

मिडिया अनुगमनकर्ता मदनकृष्ण सिलवाल
यो तालको नाम सुनेको थिएँ। देखेको थिएन। यो निकै आनन्ददायी लाग्यो। कञ्चन नदीले मन पनि कञ्चन गराईदिने विश्वास  लिएको छु।

मिडिया अनुगमनकर्ता कुशल अर्याल
लौ के भन्ने हो र ? यस्तो अन्त कहाँ पाइन्छ  हजुर। निकै खुशी छु। यतै बसौंजस्तो पो लाग्यो त। जेहोस मकवानपुर सुन्दर रहेछ।  नआउनु हुनेहरूलाई एकपटक आउनै पर्छ भन्न चाहन्छु। अरु त हास्याँ छ नाच्या छ रमाइलो गरिया’छ यही त हो नि !

मिडिया अनुगमनकर्ता विनय बजगाईं  
यहाँ सबै कुराहरू अर्गानिक छ। एक यो पानी अर्गानिक हो। यो डुङ्गा पनि यहीको काठबाट बनेको हो। अन्य हामीले खाएको खानेकुहराहरू पनि अर्गानिक हो।

मिडिया अनुगमनकर्ता प्रेमचन्द बडु
निकै रमाइलो भैरहेको छ। आन्दन्दित छु  यही हो।

सवारी चालक शिव खड्का
यसरी डुङ्गा चढ्दा धेरै आनन्द आइरहेको छ। जीवनमा  पहिलोपटक चटेको हो। आफूले गाडी चलाउनुभन्दा अरुल डुङ्गा चलाउदा चढ्न मज्जा आयो। मैले आज सडक बिर्सेको छु। ट्राफिक पनि छैन। मापसे नि पर्दैन हा हा हा..........

डुङ्गा चालक सुरेन्द्र वलामी
हामीले पालैपालो प्रश्न गर्यौ।
कति वर्षको हुनुभयो ?
–    २१ वर्षभन्नाले एकदशक बिताइसक्नु भएछ।
यो व्यवस्था राम्रो छ ?
–    एकदमै राम्रो छ। रोजगारीको अवसर सिर्जना भएको छ। हामी ४० जना चालक छौं।
यसमा महिलाहरू कति छन नि ?
धेरै छैन
सुरुसुरुमा कस्तो भयो ? घरबाट दिनुभयो ?
– घरबाट त मान्नु भएको थिएन जवरजस्ति गरेको हँ। माच्छा मार्न पौडी खेल्न आइन्थो त्यसरी नै सिकियो नि।
ठुलो हावालाग्यो भने के गर्ने ?
–    केही नगर्ने यही रोकेर राख्ने नचलाइकन।
तपाईंको बुबाहरूले पनि गर्नुभयो ?
–    गर्नुभयो नि
बिहे गर्नुभयो ?
– छैन नि
लभ परेको छ कि नाई
–    मलाई थाहा छैन त्यस्तो, रुखलाई किस गरेर भएन।
यहाँले अलिकति चिटिङ गर्नुभयो। अघि लभ नबुझ्ने फेरि ‘किस’ बुझ्नुभयो। यसरी डुङ्गा–शयर गर्दा कुनै युवती आउनुभएन ? यहाँको चलाई पनि मान्छे पनि मनपर्यो भन्ने ?
– कति आउँछन्, आउँछन् नि आउन त
भन्नाले यहाँलाई मन परेन ?
– हजुर, त्यस्तै भन्नुपर्यो।
लौ अर्कोपटक आउँदा मेरो त बिहे नि भयो बालबच्चा सबै भनेको देख्न सुन्न पाऊँ हजुर।....
डुंगा शयर गर्दा हामीहरूबीच भएका रमाइला किस्साहरू ः
लौ यो त भालेपोथी डुङ्गा पो रहेछ ....हाहाहा
डुङ्गाको भालेपोथी कसरी  ?
खालि जुध्छ त हाहाहा........
लौ डुङ्गा को पनि भालेपोथि हुदो रहेछ।
हाहा त्यस्तो होइन ......
कति हाँसेको कुकुरको पुच्छर बाङगो देख्दा’ नि हाँस्ने।
धेरै अर्गानिक भएछ कि के हो पेट पोलेको छ।
सधैँ विकासे खाने गरेको भएर होला।
मकवानपुरका मान्छे लोकल हुन् कि बोइलर
लोल हाहाहा........







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad