८८ लाख इथिपियालीलाई मानवीय सहायता आवश्यक

बुधबार, २७ चैत २०७५, ०९ : ५० एजेन्सी

आदिस अबाबा– अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारीअनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानीलगायत वस्तुको ठूलो अभाव छ। यसबाट खासगरी बालबालिका र किशोर सबैभन्दा बढी पीडित भइरहेका छन्। इथियोपियामा विगत लामो समयदेखि जारी युद्ध र सुक्खाजस्ता विभिन्न समस्याका कारण ती नागरिकमा आधारभूत खाद्यान्न लगायतका सामग्री आवश्यक रहेको अधिकारीहरुको भनाइ छ।
यहाँ लामो समयदेखि जारी द्वन्द्व, जलवायु परिवर्तका कारण उत्पन्न सुक्खा र खडेरीलगायतका विभिन्न समस्याका कारण खाद्यान्नको उत्पादनमा नै असर परेको छ। यही कारण धेरै मानिस प्रभावित भएका, उनीहरुलाई खाना र राम्रो खानेपानीकै समस्या रहेको राष्ट्रसंघको भनाइ छ।
अघिल्लो महिना मात्र पनि इथियोपियाको सरकार, राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारले गरेको एक अध्ययनमा पनि यहाँका करिब ८३ लाख मानिसलाई सन् २०१९ मा खाद्यान्न र अन्य वस्तुको आपूर्तिका लागि कम्तीमा पनि एक अर्ब ३० करोड अमेरिकी डलरको खाँचो रहेको जनाएका थिए। जलवायु परिवर्तनका कारण उत्पन्न खडेरी र द्वन्द्वबाट प्रभावित लाखौँ मानिस आन्तरिक रुपमा विस्थापित भएका छन्।

 






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad