coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापालाई दार्जिलिङको झट्का

पाँचथर- दुईपल्टको विजेता बिर्तामोड युनाइटेड क्बल झापालाई ३–२ गोलले स्तब्ध बनाउँदै पाहुना टोली दार्जिलिङ युनाइटेड क्लब सदरमुकाम फिदिममा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार फिदिम माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा  झापाविरुद्ध दार्जिलिङले सुरुआतमै स्कोर गरेपछि साबिक विजेता दबाबमा परेको थियो। खेलको १९औ मिनेटमा दार्जिलिङले प्रहार गरेको कर्नर झापाका दिलेन लोक्तामको खुट्टामा ठोकिएर गोलमा परिणत भएको थियो। खेलको २७औँ मिनेटमा दार्जिलिङका करन राईले गोल गर्दै अग्रता दोब्बर बनाए। एकल प्रयासमा डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै उनले गोल गरेका थिए। पहिलो हाफमा दार्जिलिङले २–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा झापाका खेलाडी खेलमा फर्किए। खेलको ८०औ मिनेटमा झापाका दिलेन लोक्तामले गोल गरे।  योगेश गुरुङले डी एरियामा गरेको क्रसलाई लोक्तामले जाली चुमाएका थिए। यसपछि झापाले उत्कृष्ट प्रदर्शन गर्दै  एक गोल थपेर खेल बराबरीमा ल्यायो। ८४औँ मिनेटमा झापाका विशाल राईले उत्कृष्ट गोल गरे। थ्रोबाट प्राप्त बललाई उनले निक्कै आकर्षक बाइसाइकल  गोल गरेका थिए। बराबरी भएपछि दुवै टोलीका खेलाडीले आक्रामक खेल प्रदर्शन गर्दा दर्शकहरू निक्कै हौसिएका देखिन्थे।  इन्जुरी समयमा दार्जिलिङका करनले निर्णायक गोल गरे गणेश लिम्बुको पासलाई इन्द्रजित क्षेत्रीले डी एरियामा गरेकोे क्रसमा करनले गोल गरेका थिए।  दुई गोल गरेका करन म्यान अफ दी म्याच घोषित भए। 
प्रतियोगितामा बुधवार जावलाखेल युथ क्बल ललितपुरले विजय युथ क्बल हेटौडाको सामना गर्नेछ। 

 

प्रकाशित: २७ चैत्र २०७५ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App