coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्पेनको म्याड्रिडमा लुम्बिनी बनाउन सम्झौता

काठमाडौं - स्पेनको म्याड्रिड सहरमा नेपालको जस्तै लुम्बिनी बन्ने भएको छ। लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीले त्यहाँ बुद्ध पार्कसहित लुम्बनी बनाउनका लागि म्याड्रिड नगरपालिकासँग सम्झौता गरेका छन्।

स्पेनमा रहेका नेपाली एकराज गिरीको योजना र बेल्जियममा रहेका गोविन्द सुवेदीको पहलमा बुद्धपार्क बनाउन लागिएको हो। सो नगरपालिकाका मेयर मनमोहन चौधरीले स्पेनको म्याड्रिडमा बौद्ध पार्क बनाउने विषयमा सम्झौता भएको बताए। उनका अनुसार त्यहाँ रहेका नेपालीहरूले बुद्धपार्क बनाउन म्याड्रिड नगरपालिकालाई जग्गा उपलब्ध गराउन गरेको अनुरोध स्कीकार गर्दे बुद्ध पार्क बनाउने बारेमा सम्झौता गरेको बताए।

‘त्यहाँको नगरपालिका र हाम्रो नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा कुराकानी भयो त्यहाँका साथीहरूले बुद्ध पार्क बनाउने प्रस्ताव गरे मैले त्यसमा सहमति गरे,’ मेयर चौधरीले नागरिकसँग भने, ‘त्यहाँ बुद्ध पार्क बन्दा नेपालको पनि प्रचार हुने भएकाले त्यसमा सहमति गरिएको हो, पार्क बनाउन त्यहीँको नगरपालिकाले खर्च गर्नेछ।’ उनका अनुसार म्याड्रिड नगरपालिकाका प्रतिनिधि लुम्बिनी आएको बेला स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा लगानी गर्न आग्रह गरिएको छ। म्याड्रिड मेयरका प्रतिनीधिलाई आफूले सो प्रस्ताव राख्दा सकारात्मक जवाफ पाएको समेत बताए। त्यहाँ रहेका धेरैजसोले नेपाललाई चिन्दैनन त्यसकारण त्यहाँ पार्क बन्यो भने नेपाल र लुम्बिनी दुवैलाई चिनाउन आफूले पहल गरेको पनि उनको भनाइ थियो।

‘एनआरएनका साथीहरूले त्यो विषयमा पहल गरेका थिए। खर्च पनि नहुने र सित्तैमा प्रचार हुने भएकाले पनि त्यहाँ बौद्धपार्क बनाउन सहमति दिएको हुँ’ उनले भने। मेयर चौधरीले त्यसको जानकारी प्रदेश सरकार र संघीय सरकारलाई गराइसकेको जानकारी दिए।

प्रकाशित: २७ चैत्र २०७५ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App