१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

उनका अनुसार मन्दिर दर्शन पछि फर्कदै गरेका बाराको निजगढका तीर्थालु सवार मे १ ज १४८६ नम्बरकाे गाडी सुकेटार बजार भन्दा केहि परको स्थानमा दुर्घटनामा परेको थियो ।

गम्भीरमध्ये ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य,४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीयन लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रेफर गरिएको छ । घाइते सबै बारा निजगढका हुन् । बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको छ । मे १ ज १४८६ नं को ट्याक्सी दुर्घटनामा परेको थियो ।

प्रकाशित: २७ चैत्र २०७५ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App