coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

४ सय ६ जना हिमाल आरोहण गर्दै

काठमाडौं– बसन्तकालीन सिजनको लागि १८ हिमाल आरोहण गर्न पाँच सय ६ जनाले अनुमति लिएका छन्। सगरमाथासहित विभिन्न १८ हिमाल आरोहण गर्न पर्यटन विभागबाट आइतबारसम्म विभिन्न देशका  नागरिकले आरोहण अनुमति लिएका हुन्। विभागले ६ हजारभन्दा बढी उचाइका हिमाल आरोहण अनुमति दिने गरेको छ।आरोहण अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा चढ्ने रहेका छन्। विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सगरमाथा आरोहणका लागि दुई सय ४६ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। सगरमाथा चढ्नका लागि अनुमति लिनेहरु ३९ देशका नागरिक हुन्। सगरमाथा आरोहणका लागि सबैभन्दा बढी भारतीय नागरिकले लिएका छन्। 
भारतका ५६ जनाले आरोहण अनुमति लिएको तथ्यांकमा उल्लेख छ। नेपालमा रहेका हिमालमध्ये सगरमाथा आकर्षक गन्तव्यको रुपमा रहेको छ। त्यसैले सगरमाथा आरोहण अनुमति लिनेको संख्या अझै बढ्ने अनुमान  गरिएको छ। यसपटक चीनतर्फबाट चीनले सिमित आरोहीलाई मात्रै अनुमति दिएको छ। खासगरी सगरमाथाको आरोहण वैशाख अन्तिमदेखि जेठसम्म हुने गर्दछ। तर, आरोहीहरु भने पूर्वतयारीका लागि अनुमति लिएर सगरमाथातर्फ लाग्ने क्रम भने सुरु भइसकेको छ।आरोहण अनुमतिवापत रोयल्टी आइबारसम्म ३२ करोड ६८ लाख संकलन गरिसकेको छ। त्योमध्ये २९ करोड ३० लाख रोयल्टी सगरमाथाबाट मात्रै संकलन भएको हो।  सगरमाथा आरोहण गर्दा विदेशी नागरिकबाट ११ हजार डलर लिने गरेको छ।

 

प्रकाशित: २७ चैत्र २०७५ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App