१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधनमा आशा छ, भरोसा छैन: महतो

सन्तोष सिंह

सर्लाही- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा आशावादी भएपनि भरोसा नभएको बताएका छन्। माओवादी र कांग्रेसले गरेको तीन बुँदे सम्झौता पालना गर्न छठ सम्म संसदमा संविधान संशोधनका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहल गर्ने आशा गरे पनि भरोसा नभएको बताए। महतोले भने,‘संसदमा संशोधन प्रस्ताव दर्ता नगरे सरकारको औचित्य समाप्त हुन्छ।’

संविधान संशोधन गर्न नचाहनेहरु संविधान र मुलुक विरोधी रहेको आरोप लगाए। जनताको माग वेवस्ता गर्दा केपी ओलीको सरकार असफल भएको महतोको भनाई थियो। एमालेले पुरा गर्न नसकेको माग पुरा गर्न काँग्रेस र माओवादीले तीन बुँदे सम्झौता गरेको महतोले बताए।

संविधान संशोधन गरी मुलुकलाई अघि बढाउनु पर्ने महतोको भनाई थियो।  संविधान संशोधन बिना कुनै पनि शक्तिले संविधान कार्यान्वयन गराउन नसक्ने महतोले बताए। वर्तमान सरकारको औचित्य पुष्ट गर्न संविधान संशोधन प्रस्ताव सांसदमा दर्ता गराउनु पर्ने उनने बताए।  

मधेसीले अधिकार नपाए सम्म निर्वाचन सम्भव नभएको उनले बताए। संविधान संशोधन गरी तोकिएको मितिमा चुनाव गरी संविधान कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको महतोले बताए।

प्रकाशित: २ कार्तिक २०७३ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App