coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महतको प्रश्नः प्रधानमन्त्रीज्यू रेल गुडाउन भौतिक संरचना खैं? हल्ला मात्रै गर्ने?

नुवाकोट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले वर्तमान सरकार काममुखी भन्दा प्रचारमुखी भएको बताएका छन्। 

नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिन विदुरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा डा. महतले पूर्वाधारको निर्माण गरेर, नागरिकहरुको जीवनस्तर उकासेर मात्र आर्थिक प्रतिफल आउने खालको आयोजनाहरुको खाका तयार पार्नुपर्ने बताए।

‘प्रधानमन्त्रीज्यू रेलको कुरा बारम्बार गरिराख्नुहुन्छ। रेल आयो भने दुर्घटना हुन सक्छ, ठूलो क्षति हुन सक्छ। त्यसकारण अहिले रेलको चर्चा भन्दा रेल गुड्ने भौतिक संरचनाको चर्चा आवश्यक छ’, महतले भने, ‘हल्लाखल्ला गर्दैमा काम बन्दैन। लगानी भित्रदैन। देशलाई समृद्ध बनाउने हो भने कडा परिश्रम गर्नुपर्छ। एकताबद्ध हुनुपर्छ।’ 

‘प्रधानमन्त्रीज्यू रेलको कुरा बारम्बार गरिराख्नुहुन्छ। रेल आयो भने दुर्घटना हुन सक्छ, ठूलो क्षति हुन सक्छ। त्यसकारण अहिले रेलको चर्चा भन्दा रेल गुड्ने भौतिक संरचनाको चर्चा आवश्यक छ’, महतले भने, ‘हल्लाखल्ला गर्दैमा काम बन्दैन। लगानी भित्रदैन। देशलाई समृद्ध बनाउने हो भने कडा परिश्रम गर्नुपर्छ। एकताबद्ध हुनुपर्छ।’ 

केही दिनअघि राजधानीमा सम्पन्न भएको लगानी सम्मेलनलाई संकेत गर्दै डा. महतले समृद्ध नेपाल बनाउने सपनासहित आयोजना गरिएको लगानी सम्मेलनमा सम्झौता भइसकेको परियोजनाहरुमा फेरि सम्झौता भएको बताए। 

उद्योग वाणिज्य संघ निजी क्षेत्रको अगुवा संस्था भएकोले त्यसको समृद्धिमा कांग्रेस हरपल प्रयासरत रहेको डा. महतले बताए। ‘पार्टीमा लागेर झण्डा बोक्दैमा भविष्य उज्ज्वल हुँदैन। त्यसैले कार्यकर्तालाई पार्टीको कामसँगै आफ्नो व्यापार व्यवसायलाई पनि निरन्तरता दिन आग्रह गर्न चाहन्छु’, महतले भने, ‘नागरिकलाई आर्थिक क्रियाकलापमा लाग्न, व्यवसाय बढाउने खालको कार्यक्रम ल्याउन उद्योग वाणिज्य संघले प्रेरित गर्नुपर्दछ।’ 

यस्तै सांसद बहादुरसिंह तामाङले समाजमा भिजेको मान्छेलाई मात्र निर्वाचनमा स्थान दिए मात्र जित हासिल गर्न सकिने बताएका छन्। 

उद्योग वाणिज्य संघमा लोकतान्त्रिक पक्षधर विजयी

नुवाकोट उद्योग वाणिज्य संघमा मतदान मार्फत  नयाँ नेतृत्व चयन गरिएको छ। नयाँ नेतृत्व चयनको लागि शनिवार मतदान भएको थियो। लोकतान्त्रिक पक्षधारबाट ताराबहादुर कार्कीको प्यानल र  प्रगतिशिल पक्षधरबाट रमेश श्रेष्ठको प्यानल चुनावी मैदानमा उत्रिएका थिए। संघमा १८ सय २४ जना सदस्यता रहेकोमा  १४ सय ६३ ले आफ्नो मताधिकार प्रयोग गरेका थिए। 

जसमध्ये लेकतान्त्रिक प्यानलमा अध्यक्ष ताराबहादुर कार्कीले ८१७ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिपक्षी रमेश श्रेष्ठले ५९४ मत प्राप्त गरेका थिए। 

संघमा विजयी भएका सबै पदाधिकारीहरु लोकतान्त्रिक पक्षधर रहेका छन्। विजयी भएका बरिष्ठ उपाध्यक्षमा गीता अमात्य, प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सन्तोष उप्रेती, महासचिबमा कृष्णप्रसाद अधिकारी, सचिबमा उपेन्द्र बुढाथोकी र कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र प्रवक्तामा सविनराज भण्डारी रहेका छन्।

यस्तै विजयी हुने महिला सदस्यहरुमा लिस्ना श्रेष्ठ प्रधान, अञ्जलीराज भण्डारी, र ज्ञानुमायाँ गिरी रहेका छन्। नुवाकोट उद्योग वाणिज्य संघको सनिवार भएको मतदानबाट अन्य खुल्ला सदस्यमा निरोजकुमार खड्गी, मधुसुदन थपलिया, उद्धबराज पन्थ, सुचित जोशी मेघनाथ घिमिरे, सुमन भण्डारी, गगन लामा, बिष्णु प्याकुरल, सरोज श्रेष्ठ विजयी भएका छन्।  यस्तै बस्तुगत सदस्यमा धुर्व रावल र उत्तम ढकाल विजयी भएका छन्। 

मंगलबार विहान सफत ग्रगण गर्दै नवनिर्वाचित अधयक्ष ताराबहादुर कार्कीले समृद्ध नुवाकोट हाम्रो अठोट भन्ने नारालाई सफल बनाउन अग्रजको साथ दिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: २६ चैत्र २०७५ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App