coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीसँगै आएको असिनापानीले रौतहटमा क्षति

रौतहट – हावाहुरीसँगै आएको असिनापानीको कारण रौतहटमा ठूलो क्षति भएको छ। मंगलबार बिहान एक्कासी हवाहुरीसँगै आएको असिनापानीका कारण यहाँका धेरै घरमा क्षति पु¥याउनुका साथै गहुँ, उखु, मसुरो, मकैका साथै फलफूल एवं तरकारी खेतीमा समेत करोडौँको क्षति भएको छ।

एक किलोग्राम तौलसम्मको असिनाले सर्वसाधारणको खपडा, टायल, एल्बेस्टर र टिनाले छाएको घरमा बढी क्षति पु¥याएको छ। जिल्लाको आठवटा नगरपालिकाका करिब पाँच सयभन्दा बढी घरमा हावाहुरी र असिनापानीले क्षति पु¥याएको हो।
 
वृन्दावन नगरपालिका १ खैराटोलका स्थानीय तिलक सहनीको घर भत्किएको छ। घर भत्किँदा घरधनी सहनी चेपिएर  गम्भीर घाइते भएका छन्। सहनीको ढाडमा गम्भीर चोट लागेकोले गाउँमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगंज लगिएको रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए। हवाहुरीसँगै आएको असिना र पानीको कारण अधिकांशको फुसको घरको छानो उडाउनुका साथै काठको घरमा समेत क्षति पु¥याएको छ। 

हवाहुरीसँगै आएको असिना र पानीको कारण जिल्लाको परोहा नगरपालिकाको विभिन्न वडाका फुुस र टिनले छाएको करिब एक सय घरमा क्षति पु¥याएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए। हावाहुरीले नगरको १, २, ३ र ४ वडामा ठूलो क्षति पु¥याएको अधिकृत यादवले बताएका छन्। नगरमा भएको क्षतिको यकिन गर्न नसकिए पनि कम्तीमा दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान रहेको अधिकृत यादवको भनाइ छ।

प्रकाशित: २६ चैत्र २०७५ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App