८ वैशाख २०८१ शनिबार
कला

फिल्म ‘कालो वर्ष’ को टिजर सार्वजनिक

काठमाडौं– चलचित्र ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ। आगामी वैशाख १३ गते प्रदर्शनमा आउने चलचित्रको मंगलबार पत्रकार सम्मेलन गरेर टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा दैविक प्रकोपको कारण भोग्नु पर्दाको समस्यालाई उजागर गरिएको कलाकार पवन भट्टराईले जानकारी दिए।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ। चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन्।

त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्। पत्रकार सम्मेलनमा निर्माता योगेन्द्र पनेरुले सबैको साथ र सहयोगबाट चलचित्र बनाउन सफल भएको प्रतिक्रिया दिए।

निर्देशक लक्षु गौतमले उक्त चलचित्र आफ्नो पहिलो चलचित्र भएको जानकारी दिइन्। उनले भनिन्, ‘मैले निर्देशन गरेको यो पहिलो चलचित्र हो, म आशावादी छु। दर्शकहरुले हलसम्म गएर हाम्रो चलचित्र हेरेर समीक्षा गरिदिनु हुनेछ।’

नायक ओकेश पनेरुले चलचित्र दर्शकले रुचाउने दाबी गरे। उनले भने, ‘हामीले यो चलचित्रमा निकै मेहनत गरेका छौं। निकै गाह्रो भूमिकामा मैले मेहनतका साथ काम गरेको छुँ।’ नायिका अनुपा खड्काले छायांकनको क्रममा सोलुखुम्बुमा बिरामी भएको सम्झिँदै आफ्नो मेहनतको प्रतिफल पाउने बताइन्।

पत्रकार सम्मेलनमा खलनायकको मुख्य भूमिकामा रहेका पवन भट्टराईले चलचित्रमा आफूहरुको टिमले निकै मेहनत गरेको बताए। नेपाली गाउँ, समाजमा घट्ने घट्नालाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको पनि उनले बताए। भट्टराईले भने, ‘यो चलचित्रमा भूकम्पपछिको कथावस्तु बनाइएको छ।’

 

प्रकाशित: २६ चैत्र २०७५ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App