प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको उद्घाटन

मङ्गलबार, २६ चैत २०७५, १५ : ५० नागरिक

काठमाडौं– महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन्। प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो। २०७४ असार २ गते भवन निर्माणको शुरुवात भएको थियो।

सोमबार अपरान्ह प्रभागको पुनर्निर्मित भवन परिसरमा आयोजित उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नागरिकको शान्ति सुरक्षाका अतिरिक्त भूकम्पलगायतका विपदमा उद्दार तथा राहतका लागि क्रियाशील हुनुपर्ने सुरक्षा निकायका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा प्राधिकरणले जोड दिएको बताए। उनले पुनर्निर्मित सुविधासम्पन्न भवनबाट जनतालाई शान्ति सुरक्षा दिने कार्यमा टेवा मिल्ने तथा यसबाट समुदाय–प्रहरी साझेदारीमा पनि बढोत्तरी हुने विश्वास पनि व्यक्त गरे।

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकको एउटा संवेदनशील नाका क्षेत्रमा रहेको प्रहरी कार्यालयले प्रभावकारी सेवा दिने कार्यमा पुनर्निर्मित भवन निकै सहयोगी हुने धारणा राखे। 

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय नक्सालका प्रहरी नायव महानिरीक्षक लोकेश चन्द्र सिंहले क्षतिग्रस्त प्रहरी कार्यालय निर्माणमा सहयोग गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिए। 

उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको पनि उपस्थिति थियो। महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले स्वागत मन्तव्य राखेका थिए। नेपाल प्रहरीका अनुसार पुनर्निर्माण गर्नुपर्ने १३९ भवन संरचनामध्ये ५१ वटा सम्पन्न भइसकेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad