coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण सुडानमा सेना र विद्रोहीबीच भिडन्त, साठीको मृत्यु

मालाकाल- दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताएका छन्।

भिडन्तमा पूर्व उपराष्ट्रपति रेइक मसार समर्थक ५६ जना लडाकूको मृत्यु भएको र चार जना सरकारी सैनिक अधिकारीले ज्यान गुमाएको प्रवक्ता कोआङले बताए।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भई स्थापना भएको संसारकै सबैभन्दा कान्छो देश दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व उपराष्ट्रपति मसारका समर्थकबीच हुने झडपमा ज्यान गुमाउने दक्षिण सुडानी नागरिकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ।

दक्षिण सुडानको वाजोक र लेलो क्षेत्रमा शुक्रबारदेखि झडप सुरु भई शनिबारसम्म भिडन्त भएको बताइएको छ।

उक्त झडपमा दर्जनौँ नागरिकले ज्यान गुमाएको र हजारौँ नागरिक विस्थापित हुन पुगेका स्थानीय मानवअधिकारवादी सङ्घसङ्गठनले जनाएका छन्। रासस/एएफपी

 

प्रकाशित: २ कार्तिक २०७३ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App