बेलायतमा नेपाली सेफहरु एकजुट

मङ्गलबार, २६ चैत २०७५, १४ : २४ नागरिक संवाददाता

लण्डन- बेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन युकेको नयाँ नेतृत्व चयन भएको छ। 

सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि संस्थाको अध्यक्षमा बेलायतमा निकै सक्रिय समाजसेवी कृष्ण तिमल्सिना रहेका थिए। उनले कुशलतापूर्वक आफ्नो कार्यकाल पूरा गरी आचार्यलाई नेतृत्व हस्तान्तरण गरेका हुन्। 

अघिवेशनबाट उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा  विनोद बराल र कोषाध्यक्ष रामचन्द्र सुवेदी तथा  सहकोषाध्यक्षमा धर्मागत चापागाई चयन भएका छन्। 

यस्तै सदस्यहरुमा रामप्रसाद सापकोटा, केबी गुरुङ, राजु बोहोरा, शिव कंडेल, टिकाराम निउरे, मनिष खड्का, विक्की सापकोटा, दुर्गा गुरुङ, टीकाराम कँडेल, देवीलाल गुरुङ, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा र पारस सापकोटा चयन भएका छन्। 

अध्यक्ष तिमल्सिनाको सभापतित्वमा सम्पन्न अधिवेशनमा एनआरएन उपाध्यक्ष कूल आचार्य, संस्थाका सल्लाहकार तथा निर्वाचन आयुक्त रामशरण सिम्खडा, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, अग्रज सेफ ध्रुव केसीलगायत अतिथि रहेका थिए। 

यस्तै कार्यक्रमको प्रमुख अतिति रहेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।

कार्यक्रममा बद्री प्रसाद जैसी, श्रीराम ढंगोल, श्रीराम राहुल, हरि प्रसाद सापकोटा र हेमराज सापकोटालाई सम्मान समेत गरिएको थियो। 

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन आयुक्त सिम्खडाले सपथ ग्रहण गराएका थिए।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad