coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुसलमानी गर्ने क्रममा दुई महिने बालकको ज्यान गयो

महोत्तरी - लोहारपट्टी नगरपालिका ५ मा २ महिने बालकको सोमबार राति मृत्यु भएको छ। 

लोहारपट्टी ५ बस्ने अशिक शेषका २ महिने छोरा फिरोजको मुस्लिम परम्पराअनुसार मुसलमानी(लिंगको टुप्पोको भागलाई धारिलो वस्तुले काट्ने मुस्लिम परम्परा) गरिएपछि अवस्था गम्भीर भएको थियो।

फिरोजलाई उपचारारार्थ जनकपुर लगिएको थियो। उपचार क्रममा सोमबार राति नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। 

सोमबार अबेर साँझ मुस्लिम परम्पराअनुसार बालक फिरोजको धुमधामका साथ मुस्लमानी गरिएको थियो। तर, उक्त कार्यबाट बालक घाइते हुन पुगेका थिए। 

मुसलमान समुदायमा घाउ चाँडै निको भन्दै सानै उमेर मुसलमानी गर्ने परम्परा छ। 

तर परिवारजनले बालकको मृत्युको कारण मुस्लमानी नभएको बताएको छ। बालकको मृत्युपछि परिवारमा रुवाबासी चलेको छ। मुस्लमानीको खुसियालीमा सरिक हुन आएका पाहुना पनि शोकमा डुबेका छन्। 

प्रकाशित: २६ चैत्र २०७५ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App