७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाैने दुई अर्बको चिनियाँ स्याउ आयात

रसुवा– रसुवागढी नाकाबाट चिनियाँ स्याउ आयात बढेको छ। नेपालमा चिनियाँ स्याउको माग बढ्दै जाँदा आयात पनि बढेको हो।

चीनबाट रसुवागढी नाका हुँदै आउने फलफूलजन्य सामग्रीमा स्याउले पहिलो स्थान लिएको छ। २०७१ देखि सञ्चालनमा आएको नाकाबाट सामग्री आयात तथा निर्यात बढ्दै गएको छ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै एक अर्ब ८८ करोड मूल्य बराबरको चिनियाँ स्याउ आयात भएको क्वारेन्टिन कार्यालय रसुवाले जनाएको छ। चालु आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा २३ हजार ६ सय ६ मेट्रिक टन अर्थात दुई करोड ३६ लाख पाँच हजार पाँच सय ५९ केजी स्याउ आयात भएको हो।

आठ महिनामा एक अर्ब ८८ करोड ८४ लाख ४४ हजार सात सय २० रुपैयाँबराबरको स्याउ आएको कार्यालयको तथ्यांक छ। साउनमा ११ लाख ४२ हजार ६ सय २९, भदौमा १० लाख ५५ हजार तीन सय ८२, असोजमा ४३ लाख २८ हजार चार सय ६५ र कात्तिकमा ४० लाख २५ हजार तीन सय ३० केजी स्याउ आयात भएको थियो।

त्यस्तै मंसिरमा २७ लाख ८९ हजार आठ सय तीन, पुसमा २९ लाख ९६ हजार तीन सय ५०, माघमा २६ लाख ११ हजार चार सय ३० र फागुनमा ४६ लाख ५६ हजार एक सय ७० केजी स्याउ आएका कार्यालयले जनाएको छ।

चीनबाट आएको स्याउ काठमाडौं, पोखरा, चितवनलगायत क्षेत्रमा जाने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताए। नेपालमा मनाइने विभिन्न चाडपर्वको समयमा स्याउ आयात बढी हुन्छ। नाकाबाट फलफूलजन्य सामग्री आयात पनि बढ्दै गएको छ।

चीनबाट स्याउ, नासपाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राइ मसरुम, प्याज, बोडी, धानको बिउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर आयात हुने गरेको छ।

फलफूल, मसलाबाली, तरकारीबाली, खाद्यान्नबाली, तेलबाली, बिउबाली र अन्य सामग्री नेपाल भित्रने गरेको छ।

प्रकाशित: २६ चैत्र २०७५ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App