फेसन

अप सोल्डर डिजाइन ट्रेन्ड

मङ्गलबार, २६ चैत २०७५, ११ : ४५ रेणु त्वानाबासु

फेसनले बजारलाई ढपक्कै ढाकेको छ। विभिन्न डिजाइनका लुगाले पसल, मल, फुटपाथ भरिभराउ देखिन्छन्। फेसन फलो गर्नेको जमात दिनानुदिन बढ्दो छ। बजारमा आएका थरीथरी डिजाइनका लुगामध्य धेरैले मनपराएको डिजाइन हो, अप सोल्डर। अप सोल्डर अहिले बजारमा निकै चल्तीमा छ। अधिकांश युवतीले अप सोल्डर डिजाइन मनपराउने गरेका छन्। अप सोल्डरमा घाँटीको भागदेखि कुमसम्म ओपन हुन्छ। गर्मीमा अप सोल्डर फेसन निकै चलेको व्यापारी बताउँछन्। अप सोल्डर डिजाइनको टिसर्टमा अगाडिको भागमा बुट्टेदार फुर्का राखिएको हुन्छ। बुट्टेदार फुर्काले अप सोल्डरको आकर्षण बढाएको छ।

भुलाछेंमा रहेको रोजिना अवाल नयाँ–नयाँ डिजाइनका लुगा सिलाउन व्यस्त छिन्। ‘अचेल हरेकले युनिक डिजाइनका लुगा लगाउन खोज्छन्,’ उनी भन्छिन्, ‘नयाँ डिजाइनका लुगा सिलाउदिनु भन्ने पनि धेरै छन्।’
रेडिमेट लुगाजस्तै डिजाइन बनाइदिनुप¥यो भन्दै आउनेहरू धेरै रहेको उनी बताउँछिन्। रेडिमेटभन्दा सिलाएको लुगा टिकाउ हुने भन्दै ग्राहकहरू आउने गरेको उनको भनाइ छ। बजारमा चलेको डिजाइन बनाउने उनी बताउँछिन्। ‘पसलमा आउने ग्राहकमध्ये अधिकांशले टिभी सिरियलमा देखिएको लुगाको डिजाइन जस्तै बनाइदिनुप¥यो भन्छन्,’ पाँच वर्षदेखि पसल चलाइरहेकी उनी भन्छिन्।

अप सोल्डर वानपिस र अप सोल्डर ब्लाउज सिलाउन आउनेको संख्या धेरै रहेको उनको भनाइ छ। त्यस्तै, उनीकहाँ पुराना सारी सिलाउन आउने पनि छन्। उनी पुराना सारी प्रयोग गरेर नयाँ डिजाइनका लुगा बनाउँछिन्। उनी भन्छिन्, ‘ब्लाउजको भित्री कपडा मात्र राम्रो किन्ने अनि अरु सबै सारीको कपडा नै राखेर तयार गर्छु।’

अहिले धेरैले अप सोल्डर ब्लाउज, वानपिस, कुर्ता र लेंगाको चोली सिलाउन रुचाउने उनी बताउँछिन्। अफ सोल्डर टिनएजदेखि उमेरका महिलाले समेत निकै रुचाएको उनी बताउँछिन्। युवतीले अप सोल्डर टिसर्ट र महिलाले भने ब्लाउजको रूपमा यो फेसन मनपराएको उनी बताउँछिन्। समय अनुसार फेसनमा परिवर्तन आएको उनी बताउँछन्। उनी भन्छिन्, ‘ऊबेला साधारण कुर्ता सुरुवाल मात्र सिलाउँथे। तर, अहिले रोजाई र इच्छा अनुसार लुगा सिलाउन आउँछन्।’

भक्तपुरकी रोजिना बुयोले नेपाल मेकअप आर्टमा अडिसनका लागि अप सोल्डर गाउन सिलाएकी छन्। ब्युटी कन्टेस्टमा राम्रो देखिनका लागि अप सोल्डर गाउन सिलाएको उनी बताउँछिन्। ‘मलाई बच्चादेखि नै बार्बी डलजस्तै लुगा लगाउन मनपथ्र्याे,’ उनी भन्छिन्,  ‘यो ड्रेस अप सोल्डर हुने भएर पनि मन पर्छ।’ अप सोल्डर लुगा लगाउँदा स्मार्ट र युनिक देखिने उनको भनाइ छ। अप सोल्डर लुगा लगाएपछि आफू बार्बी डलजस्तै भएको उनको अनुभव छ। उनी भन्छिन्, ‘मैले इन्टरनेटबाट हेरेर अप सोल्डर डिजाइनको गाउन सिलाएकी हुँ।’

अप सोल्डर डिजाइन देखेपछि नजिकैको टेलरमा गएर सिलाएको उनी बताउँछिन्। आठ सय रूपैयाँ ज्याला तिरेर गाउन बनाएको उनी बताउँछिन्। अप सोल्डर डिजाइन मन पराउनेमा भक्तपुरकी स्वर्णिमा मूल पनि पर्छिन्। बजारमा अफ सोल्डर फेसन निकै चलेपछि आफूले बनाएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘मैले लेहेंगा सिलाउँदा चोलीचाहिँ अफ सोल्डर डिजाइन सिलाए खासमा मलाई अफ सोल्डर डिजाइनको बारेमा थाहा थिएन नेटबाट थाहा पाएँ।’

नेटमा सर्च गर्दा अप सोल्डरको डिजाइन मनपरेर सिलाएको उनी बताउँछिन्। अप सोल्डरले गर्मीमा कुल हुने र ओपन डिजाइनले युनिक फेसन देखिने उनले बताइन्। ब्लाउजको ब्याकलेस डिजाइन भन्दा अप सोल्डर डिजाइन मनपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अप सोल्डर ब्लाउज अरु ब्लाउजभन्दा फेसनेबल र युनिक देखिने भएकाले मलाई यो डिजाइन मनपर्छ।’ रेडिमेड लुगामा मात्र नभएर सिलाएर लगाउने कपडामा पनि अप सोल्डर डिजाइन चलेको बिन्द्रा सुवाल बताउँछिन्। भक्तपुरमा सिलाउन थालेको १५ वर्ष भइसकेको उनी बताउँछिन्। पुरुषको भन्दा  महिलाका लुगामा धेरै फेसन र डिजाइन हुने उनी बताउँछिन्।  कम पैसामा पहिला नै तयार भएको रेडिमेड लुगा पाउन थालेपछि सिलाएर लगाउनेको संख्या कम भएको उनी बताउँछिन्। ‘खै फेसनले बजार ढाकिसक्यो, सस्तो मूल्यमा जस्तो खोज्यो उस्तै पाइन्छ, सिलाएर लाउने चलन हटिसक्यो, सिलाई पसल नै बन्द हुने पो हो की भन्ने डर पनि छ,’ उनले भनिन्। बजारमा चलेको डिजाइनमध्य अधिकांश महिलाले अप सोल्डर डिजाइन रुचाएको व्यापारी बताउँछन्। अप सोल्डर डिजाइनको ब्लाउज धेरै प्रयोजनको लागि प्रयोग गर्न सकिने उनी बताउँछिन्। सारी, कुर्ता, लेहेंगा, वनपिस र गाउन सबैमा अप सोल्डर डिजाइन बजाएको देखिन्छ। प्रायः अप सोल्डरमा सन अफ सोल्डर, टप अफ सोल्डर, वानसाइड अफ सोल्डरको डिजाइन निकै चलेको व्यापारी बताउँछन्।

अप सोल्डर डिजाइन बनाउन ८ सयदेखि १ हजार रूपैयाँ पर्ने रोजिना अवाल बताउँछिन्। त्यस्तै पसलमा रेडिमेड अप सोल्डर पहिरनको मूल्य १ हजार ५ सय रूपैयाँ पर्छ। भक्तपुर सूर्यविनायककी कविता कुरुन्जु फेसन फलो गर्छिन्। समय अनुसारको फेसनेबल पहरन लगाउन उनलाई मनपर्छ। यसपालीको फेसनमा उनले अफ सोल्डर पहिरन लगाउँछिन्। उनी भन्छिन्, ‘मसँग सबै थरीका अप सोल्डर लुगा छन्, अप सोल्डर ब्लाउज, अफ सोल्डर वानपिस, अफ सोल्डर टिसर्ट मनपर्ने भएर नै सबै यही डिजाइन बनाएकी छु।’ अप सोल्डर टिसर्ट पहिलो पल्ट बजारमा आएको बेलामा नै किनेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘अप सोल्डर लुगा लगाउँदा निकै सजिलो हुन्छ, यो गर्मीमा त झन् आनन्द हुन्छ, कुल लुक्स पनि देखिन्छ।’








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad