coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बालबालिकाले देखाए ‘ढुकढुकी’

काठमाडौं– विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अभिनय सिकाएर मञ्जरी नाटक घरले नाटक प्रदर्शन सुरु गरेको छ। कुमारीगालस्थित मोक्षदा स्कुलमा रहेको मञ्जरीले गत वर्ष ‘उड्की–मुड्की’ गरेपछि यसपटक ‘ढुकढुकी’ मञ्चन गरेको हो।

मोक्षदा स्कुलमा कक्षा ४ देखि ७ सम्म अध्ययनरत बालबालिकाको अभिनय रहेको नाटकमा प्रिन्स वाग्ले, समृद्धि दाहाल, भवेश पौडेल, रक्षा नेपाल, अधीश चन्द, गौतम श्रेष्ठ, आर्यन चन्द, तारा लामा, सुदीप मगर, सविता पाण्डेलगायतको अभिनय रहेको थियो। नाटकको लेखन तथा निर्देशन रंगकर्मी सुरेश चन्दले गरेका थिए। लामो समयसम्म विद्यार्थी र अभिभावकको निकट रहेर काम गर्दा अनुभूत गरेका विषयलाई नाटकमा उतार्ने जमर्को गरेको निर्देशक चन्दले बताए।

नाटकअनुसार अभिभावकलाई आफ्ना सन्तानको रिपोर्ट कार्डमा जसरी भए पनि ‘ए प्लस’ चाहिएको छ। छोराछोरीको रुचि कुन विषयतिर छ र उनीहरू के गर्दा रमाउँछन् भन्नेतिर खासै चासो छैन। सन्तानले घुँडा धसेर पढुन् र अझ त्यो पनि पाठ्यपुस्तकबाट एक इन्च दायाँबायाँ नलागुन् भन्ने आमआमाबाबुको सोच र सन्तानको फरक चाहना र क्षमताबीचको द्वन्द्वलाई नाटकले उतारेको छ। नाटकले कुनै बेला दर्शकलाई हसाउँछ भने कहिले भावुक बनाउँछ । नाटक यही चैत्र ३० गते शनिबारसम्म हरेक दिन अपराह्न ४ बजे मञ्चन हुनेछ।
 

प्रकाशित: २६ चैत्र २०७५ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App