coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बालुवाटारमा महेशको ‘मरीचिका’

काठमाडौं– साहित्यकार महेश थापाद्वारा लिखित कथासङ्ग्रह ‘मरीचिका’ सार्वजनिक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मरीचिका’ को लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएको बताए। ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ। उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो। अरू सशक्त अवस्थामा रहेकाहरूले उहाँबाट पाठ सिकेर देश निर्माणमा लाग्नुपर्छ’, ओलीले भने, ‘आफुले विस्तारमा पढ्न नपाएको भए पनि केही कथाका अंश पढ्दा तिनमा साहित्यिकता कस्तो छ? प्रस्तुति कस्तो छ? बिम्बहरू कस्ता छन्? मैले हेरें। ती कथाहरूमा मानवीय संवेदनाको सजीव चित्रण, साहित्यिक चेत निकै राम्रो सुन्दर र पुरानै चिनजानको, कतै देखिरहेको, भेटिरहेको जस्ता लाग्ने सजीव पात्रहरू देखें।’

नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य तथा साहित्यकार माया ठकुरीले महेशका कथाहरू अब्बल रहेकाले योस्तरको कथा आफुले लेख्न नसक्ने खुलाइन्। लेखक एवं पत्रकार अभय श्रेष्ठले कथाहरू नेपालको परम्परागत धारका भिन्न रहेकाले शब्द र भाषासँग खेल्ने महेशको क्षमता देखेर म आफु चकित परेको बताए।

पत्रकारिता पृष्ठभूमिका थापा विगत १६ वर्षदेखि ‘मोटर न्युरोन डिजिज’ नामक रोगबाट पीडित छन्। हाल पूर्ण अशक्त, अपांगताको अवस्थामा रहेका थापाको बोलीसमेत प्रष्ट छैन। आंशिक रूपमा चल्ने दाहिने हातको दुई औंलाले कम्प्युटर माउसमा क्लिक गर्दै अनस्क्रिन किबोर्डको सहायताद्वारा उनले लेखनकर्मलाई निरन्तरता दिइरहेका छन्। व्यंग्यकारका रूपमा स्थापित थापाको यसअघि’अल्पविराम’ आत्मकथा र’नमोनमस्’ व्यंग्यसङ्ग्रह प्रकाशित छन्।

थापाको लिखित मन्तव्य उनकी श्रीमती निशा शर्माले वाचन गरेर सुनाएकी थिइन् । कथा सङ्ग्रह साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो।

प्रकाशित: २६ चैत्र २०७५ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App