coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना केसी र कोटेश्वरस्थित हाइलिंक एजुकेसनल कन्सल्टेन्सीमा कार्यरत कास्की सल्यान घर भई ललितपुर धोबीघाट बस्ने आनन्द केसीलाई महानगरीय प्रहरी महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

अभियुक्तले बागलुङ विनामारे गाविसका भरत विक समेतका सात जनालाई भारतको दिल्लीबाट रुस हुँदै पोर्चुगलसम्म पुर्‍याइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु १० लाख ५० हजारसम्म लिई रुससम्म पुर्‍याई अलपत्र पारेका थिए।
पीडितले कारबाहीका लागि महाशाखामा निवेदन दिएपछि उनीहरु नयाँ बानेश्वरबाट पक्राउ परेको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ। रासस

 

प्रकाशित: २ कार्तिक २०७३ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App