coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

जिकेको ’गोहो’ सार्वजनिक

काठमाडौं– कथाकार जिके पोख्रेलको कथा संग्रह ‘गोहो’ सार्वजनिक भएको छ। राजधानीमा शनिबार एक कार्यक्रमबीच समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रूपमा संग्रह सार्वजनिक गरे। पुस्तकमा नेपालको जनयुद्धकालको दशवर्षे राजनीतिक र सामाजिक संक्रमणको पृष्ठभूमिमा लेखिएका कथाहरू समावेश छन्।

समालोचक पौड्यलाले जिकेका कथा राजनैतिक र सामाजिक विषयवस्तुमा आधारित भएर पनि तटस्थ रहेको बताए। ‘जनयुद्ध र संक्रमणको समयलाई पर्खेर, हेरेर तथा परख गरेका करिब एक दशकपछिमात्रै कथा लेखेकोले यो सम्भव भएको हो। उनका कथाले लैङ्गिक समानताको हकमा चलनचलतीका एकाङ्गी दृष्टिकोण सच्याउन, स्वतन्त्रता र स्वच्छन्दाबीचको विभेदबारे चिन्तन गर्न तथा प्रेम र विवाहका हार्दिक तथा बाध्यात्मक पक्षबीचको बैशम्यबारे मनन गर्न अभिप्रेरित गर्दछन्’, उनले भने।

अर्का वक्ता राजिनले पोख्रेलको पुस्तकले नेपाली समाजको निकट विगतको ठुला सकसको कथा बोकेको बताए। ‘कथा भित्र बिम्बात्मक विषयवस्तु शक्तिशाली रूपमा प्रयोग भएको छ। बिम्बले अव्यक्त चिजलाई व्यक्त गर्छ। आकारमा सानो, अर्थमा ठुलो आम मानिसको एक जीवन्त कथा रहेको छ’, पनेरूले भने।

कथाकार पोख्रेलले अहिले अर्को कुनै पक्ष पुनः भुमिगत हुने अवस्था आएको भन्दै कथामा लेखिएका घटनाहरू यथार्थपरक रहेको बताए। उनले पुस्तकभित्र रहेका घटना, पात्रसँग आफु पनि कहीँकही जोडिएको स्वीकार गर्दै जनयुद्धलाई चियाउने एउटा सुन्दर आँखीझ्याल हुनेमा विश्वास व्यक्त गरे।

पोख्रेलको यसअघि ‘जून निदाएको रात (२०६९)’ र ‘स्वाभिमानको चिता (२०७२)’ सार्वजनिक भइसकेका छन्। दशवटा कथा समावेश रहेको पुस्तक अक्षरञ्शालाले प्रकाशन गरेको हो।

प्रकाशित: २६ चैत्र २०७५ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App