coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बागमती युवा क्लबद्वारा सरस्वती पराजित

बागमती (निलो)का खेलाडीलाई छेक्ने प्रयासमा सरस्वतीका खेलाडी । तस्बिर: टंक/नागरिक

सर्लाही– सरस्वती युवा क्लब, काठमाडौंलाई ३–१ गोलले पराजित गर्दैै आयोजक बागमती युवा क्लब (नीलो) ले सोमबारदेखि सर्लाहीको बागमतीमा सुरु भएको तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ। मध्यान्तरपछि लगातार गोल गर्दै बागमतीले नतिजा आफ्नो पक्षमा पारेपछि ए डिभिजन लिग खेलिसकेको तुलनात्मक रूपमा निकै बलियो सरस्वती स्तब्ध बनेको हो।

खेलको ५६औं मिनेटमा बागमतीका आर्जन गुरुङले प्रहार गरेको बल रोक्न खोज्दा सरस्वतीका इरोज थापामगरको खुट्टामा लागेर आत्मघाती गोल भएको थियो। लगतै ६४औं मिनेटमा सरस्वतीका तीर्थ बस्नेतले बागमतीको डी बक्स एरियाभन्दा केही परबाट प्रहार गरेको फ्रिकिकलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा पु-याए। ८१औं मिनेटमा सरस्वतीका रक्षक इरोजले नै बल क्लियर गर्ने क्रममा आफ्नै डी बक्सभित्र ह्यान्ड भएपछि बागमतीले पेनाल्टी पायो। बागमतीका विमल घिसिङले  सो पेनाल्टीलाई  सहजै गोलमा परिणत गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।

त्यसको  एक मिनेटपछि बागमतीका घिसिङले एक्लै लगेको बल सरस्वतीको पोस्टमा जाली चुमाउँदै जित सुनिश्चित गरे। उद्घाटन खेलको म्यान अफ दी म्याच बागमतीका विमल घिसिङ भए। उनले नगद १० हजार रुपियाँ हात पारे। यसअघि पूर्व सहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी प्रदेश– २ अध्यक्ष प्रभु साहले प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रकाशित: २६ चैत्र २०७५ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App