८ वैशाख २०८१ शनिबार
समाज

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी - सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ। आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो।  

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो। गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ। (रासस)

प्रकाशित: २६ चैत्र २०७५ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App