coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्

काठमाडौं– अपाङ्गतामैत्री फुटपाथ नभएको भन्दै केही हप्ता अघिमात्र काठमाडौंको जोरपाटीस्थित सडकपेटी अपाङ्गता भएका व्यक्तिहरुले भत्काएका थिए। राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्। भएका सडक पेटीमा पनि मोटरसाइकल तथा कार पार्किङ गरिएका हुन्छन्। अर्कोतर्फ सडक पेटीमा भएका खाल्डा खुल्डीले पनि उनीहरुको यात्रालाई थप कष्टकर बनाएको छ। त्यसैगरी अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरी सडक पेटीमा ‘ट्याकटाइल’को व्यवस्था गरिएको भए पनि सो सडक अपाङ्गमैत्री हुन नसकेको उनीहरुको गुनासो छ। 

सरकारले २०६९ सालमा ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका जारी गरेको थियो। निर्देशिका अनुसार सरकारी भवन, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतिक्षालय र पार्किङ स्थल ‘पहुँचयुक्त अपाङ्गतामैत्री हुनुपर्ने’ भनिएको छ। भौतिक संरचना अपाङ्गमैत्री नभएकै कारण धेरैजसो अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना दैनिक क्रियाकलाप गर्न  कठिनाइको सामना गर्नुपरेको छ।

काठमाडौं उपत्यकाका केही सडकहरू पुनः निर्माण गर्ने क्रममा रहे पनि अधिकांश सडक र सडक पेटी बन्न सकेको छैन। अपाङ्गता भएका व्यक्तिका लागि सहज र समान आवागमनका लागि सबै सार्वजनिक सडक अपाङ्गतामैत्री बनाउन आवश्यक देखिन्छ।  

प्रकाशित: २५ चैत्र २०७५ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App