coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

रौतहट– नेकपाको प्रदेश २ अध्यक्ष साँसद प्रभु साहले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाएको बताएका छन्। गरुडाको शिवनगरमा आयोजित ग्यास भरिएको सिलिन्डर, रेगुलेटर, पाइप र चुल्हो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साँसद साहले कागजमै तीन वटासम्म पुलको निर्माण गरुडा नगरपालिकामा भएको तथ्य बाहिरिएको स्मरण गर्दै स्थानीय सरकारले कार्यकर्तालाई जथाभावी रकम बाँडेर भ्रष्टाचार गरेको दाबी गरेका छन्।

पार्टी तथा जातपातको आधारमा राजनीति गर्नेहरुले समाजलाई बिगारिरहेको र जनतालाई गुमराहमा राखिरहेको बताउँदै साँसद साहले आफूले जनतासित चुनावको बेला गरेका वाचाहरु क्रमशः पूरा गर्दै गएको स्पष्ट पारे।

संघीय निर्वाचनको वेला तत्कालीन उम्मेदवार साहले सबै परिवारलाई धुवाँमुक्त बनाउँदै ग्यास सिलिन्डर वितरण गर्ने वाचा गरेअनुसार शिवनगरमा सोमवार आयोजित ग्याँस सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रममा गरुडा नपा ५ का लक्ष्मीपुर, अमरपटि, शिवनगर र ठेठरहियाका सात सय परिवारलाई निःशुल्क ग्यास उपलब्ध गराएका हुन्।

सर्वसाधारणको स्वास्थ्यसित मात्र नभई समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी अभियान सञ्चालन गरेको उनले स्पष्ट पारेका छन्। आफूले चुनावको क्रममा गरेका सबै वाचा पूरा गरी छाड्ने प्रतिबद्धता पनि साँसद साहले व्यक्त गरेका छन्। नागरिकको सहायताले आफूले जनताको लागि काम गरिरहेको पनि साँसद साहले बताए। उनले अब गहुँको कटनी सकिने लगत्तै सडक पूर्वाधारतिर तीव्र विकास हुने पनि घोषणा गरेका छन्।

कार्यक्रममा संघीय साँसद सदस्य समिना हुसैन, प्रदेश साँसद कुन्दनप्रसाद कुशवाहा, पूर्व साँसद देवेन्द्र पटेल, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलगायतका वक्ताहरुले जनतासित प्रत्यक्ष जोडिएका कार्यक्रमले जनता सिधै लाभान्वित हुने हुनाले अन्य नेता तथा जनप्रतिनिधिहरुले पनि यस प्रकारका कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन्।

साँसद साहले यसअघि आफ्नो क्षेत्रका माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई निःशुल्क साइकल उपहार प्रदान गरिसकेका छन्। यसैगरी साँसद साहले उच्च माध्यमिक तहमा अध्ययनरत छात्रालाई निःशुल्क ल्यापटप प्रदान गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छन्। 

निःशुल्क ग्यास सिलिन्डर प्राप्त गरेपछि महिलाहरुले निकै प्रसन्नता व्यक्त गरेका छन्। आफू अब धुवाँको चुल्होबाट मुक्त भएको प्रतिक्रिया अमरपटिकी रसिदा नटिनले व्यक्त गरेकी छन्। ग्यास सिलिन्डर कार्यक्रमबाट दलित तथा विपन्न परिवार लाभान्वित भएका छन्।

प्रकाशित: २५ चैत्र २०७५ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App