१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे

भारतीय राजदूत रञ्जित रे।

अर्घखाँची–नेपालका लागि भारतीय राजदूत रायले भारतले नेपालमा शान्ति स्थिरता र विकास देख्न चाहेको बताएका छन्।  उनले  नेपाल र भारतबीचको सम्वन्ध पौराणिक कालदेखि प्रगाड रहँदै आएको बताए। आइतबार भारतीय राजदूतावासको सहयोगमा  निर्मित जनज्योति उच्च माविको विज्ञान संकाय  भवन उद्घाटन समारोहमा  उनले नेपाल भारतले साझा विकासको अवधारणलाई अंगिकार गर्नुपर्ने बताए। ‘नेपाल र भारत दुवै एक आपसमा नमिली दुवै देशको विकास संभव छैन’, उनले भने, ‘दुई देशको सम्वन्धमा सधै सुमधुर राख्नुपर्छ।’ छिमेकी देशमा अशान्ति हुन नहुने उनको भनाइ थियो। ‘छिमेकी देशमा अशान्ति भयो भने त्यसको असर अर्को देशलाई पर्छ’, उनले भने, ‘अशान्ति हुने खालका गतिविधि कसैले पनि गर्नुहुँदैन।’  उनले भारत र नेपालबीचको सम्वन्ध धार्मिक सांस्कृतिक र भौगोलिक रुपमा रहँदै आएको बताए। उनले  भारतले नेपालको विकासमा सधै सहयोग गर्दै जाने बताए। ‘नेपालको विकासका लागि भारतले जुनसुकै प्रकारको सहयोग गर्न तयार छ’, उनले भने ।  राजदूत रायले  भारतले उर्जाको क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि गर्न तयार रहेको बताए। उर्जा मन्त्रलायसँग सहकार्य गरि उर्जाको क्षेत्रमा लगानी गर्न भारत तयार रहेको उनले बताए ।  उनले पञ्चेश्वर, अप्पर कर्णली, अरुण तेस्रो लगायतका आयोजनाको निर्माण कार्य सम्पन्न गर्न भारत सरकार सहयोग गर्न तयार रहेको बताए । उनले अर्घाखाँची जिल्लाको खानेपानी समस्यालाई समाधान गर्न भारत सहयोग गर्न तयार रहेको बताए।  राजदूत रायले आगामी दिनमा पनि  जिल्लामा क्याम्पस तथा स्कुल भवन निर्माणमा भारतले सहयोग पुर्याइरहने  विश्वास दिलाए। यसैबीच रिपोर्टर्स क्लब अर्घाखाँचीले गरेको कार्यक्रममा राजदुत रायले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको बताए। उनले  मधेसी दलले नाकामा गएर धर्ना बसेका कारण परिस्थिति असहज भएको बताए।  भारतले नेपालको आन्तरिक मामलामा कहिल्यै हस्पक्षेप नगरेको दाबी गर्दै उनले नेपालको संविधानप्रति भारतले असन्तुष्टि नजनाएको जिकिर गरे।  

 

प्रकाशित: १२ असार २०७३ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App