६ वैशाख २०८१ बिहीबार
राजनीति

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

तस्बिर : कृष्ण पाैड्यालकाे फेसबुकबाट

काठमाडौं– मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्। 

बैठकअघि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले रक्षामन्त्री पोखरेललाई केक खुवाएर जन्मदिन मनाएका थिए।

मन्त्रिपरिषद बैठक अहिले जारी छ। बैठकले समसामयिक विषयमा निर्णय लिने बताइएको छ।

तस्बिर : कृष्ण पाैड्यालकाे फेसबुकबाट
तस्बिर : कृष्ण पाैड्यालकाे फेसबुकबाट
तस्बिर : कृष्ण पाैड्यालकाे फेसबुकबाट
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App