८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री महासेठ भन्छन्ः कसैले नसकेको काम गरेर सरकारले इतिहास रच्यो

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ। हामीले ऐतिहासिक काम गरेका छौं। सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ।’

मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे। आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको उनले दाबी गरे। उनले थपे, ‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ। सय भन्दा बढी पुलहरु बनेका छन्। ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ।’

सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जनाए। उनले भने, ‘रेलमार्ग लगायतका कामहरु अघि बढेका छन्। पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भैसकेको छ।’

त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए। उनले क्रस बोर्डर रेलवे निर्माणको काम भैरहेको बताए। यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउने पनि उनले स्पष्ट पारे। 

समग्र यातायात क्षेत्रलाई व्यवस्थित् गर्नको लागि यातायात प्राधिकरण गठन गर्ने तयारी भैसकेको पनि उनले जनाए। मन्त्री महासेठले पानीजहाज कार्यालयको व्यवस्थापनसँगै रजिष्ट्रार नियुक्ती गरिएको बताउँदै भने, ‘२÷३ चोटी सर्वे भैसकेको छ। गण्डकसम्म प्राविधिक टिम पुगेर फर्किएको छ।’

प्रकाशित: २५ चैत्र २०७५ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App