coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विप्लवका जिल्ला नेताले गरे आत्मसमर्पण

बर्दिया– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा सोमबार आत्मसमर्पण गरेका छन्। ठाकुरबाबा नगरपालिका ७ का ४७ वर्षीय यज्ञ प्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्। 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ समक्ष प्रतिबन्धित पार्टीको कुनै पनि भूमिका नरहने उल्लेख गर्दे उप्रान्त पनि विप्लव पार्टीमा कुनै संलग्नता नरहेको भनि जिल्ला प्रशासन कार्यालयको लेटरप्याडमा सापकोटाले हस्ताक्षर गरेका छन्। 

नेकपा विप्लव पार्टीका पूर्वजिल्ला सदस्य सापकोटाले आत्मसमर्पण गरेको प्रजिअ  कुरुम्बाङले जानकारी दिए। उनका अनुसार प्रतिबन्धित नेकपा  विप्लवको पार्टीमा कुनै पनि भूमिका नरहने भन्दै आत्मसमर्पण गरेकाले सुध्रिने मौका दिइएको हो।

प्रकाशित: २५ चैत्र २०७५ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App