८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य मन्त्रीका नजरमा म्याग्दी जिल्ला अस्पताल नमुना

बेनी(म्याग्दी)-स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताएका छन् ।

अस्पतालको अनुगमन भ्रमणका क्रममा मंगलबार सदरमुकाम बेनी आएका मन्त्री थापाले नेपालका अरु जिल्ला अस्पताललाई म्याग्दी जिल्ला अस्पताल जस्तै सहज उपचार सेवा प्रदान गर्नसक्ने प्रविधि र चिकित्सकयुक्त अस्पताल बनाउन आवश्यक भएकामा जोड दिए ।

सरकारी सुविधा र बजेटका अतिरिक्त स्थानीय र विदेशमा रहेका म्याग्देलीको सहयोगले तीन वर्षयता म्याग्दी अस्पतालमा सुविधायुक्त पूर्वाधार निर्माण भएका छन् । पन्ध्र शय्याको सो अस्पतालले हालै ५० शय्याको स्वीकृति पाएको छ । रासस

प्रकाशित: २ कार्तिक २०७३ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App