८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पुस–अप गर्न सक्नु हुन्न ? मुटु रोग लाग्न सक्छ

एजेन्सी - दिनहुँ व्यायाम गर्ने बानी छैन ? ३०को हाराहारी भइसक्यो उमेर ? कतै मुटुरोगको जोखिममा त हुनुहुन्न ? एकपटक पुस अप गरिहेर्नुस। के थाहा तपाई मुटु रोगको खतरामा पनि हुनसक्नुहुन्छ।

बेलायतबाट प्रकाशन हुने पत्रिका ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित एक समाचार अनुसार एकपटकमा १० पटक पुस-अप गर्न नसक्ने ३० आसपासको मानिस मुटु रोगको खतरामा हुन्छन्। हालै भएको एक अनुसन्धानले यो निष्कर्ष निकालेको हो।

हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको समूहले यो निष्कर्ष निकालेको हो। अनुसन्धानका निष्कर्ष निकै रोचक छन्।

एकपटकमा ४० पटकसम्म पुस-अप गर्न सक्नेहरू आउँदो १० वर्षसम्म मुटुसम्बन्धी रोगको खतराबाट ९७ प्रतिशत मुक्त हुन्छन्। २१ देखि ३० पटकसम्म पुस-अप गर्नेहरूलाई आउँदो १० वर्षसम्म मुटुरोग लाग्ने खतरा २५ प्रतिशत हुन्छ। तर १० पटकसम्म पन पुस-अप गर्न नसक्नेहरू भने हृदयाघात वा अन्य हृदयरोगको खतरामा हुन्छन्। 

हार्वड विश्वविद्यालयको समूहले गरेको अनुसन्धानको विवरण शुक्रबार जामा नेटवर्क ओपन नामक जर्नलमा प्रकाशित भएको थियो। 

उक्त अनुसन्धान प्रतिवेदनको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित: २५ चैत्र २०७५ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App