८ वैशाख २०८१ शनिबार
समाज

धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २१ घाइते (फाेटाे फिचर)

सुनसरी– जिल्लाको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। 

केही समयअघि धरान १३, जिरोपोइन्टमा बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएका छन्। घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ। धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस दिउँसो करिब १ बजेतिर दुर्घटना भएको हो। बस ब्रेक फेल भएको अनुमान छ। जिरोपोइन्टमा बस पल्टिएर विजुलीको पोलमा ठोक्किएको थियो। ना ६ ख २७१३ नम्बरको बस विजुलीको पोलमा ठोकिदा अगाडिको भाग च्यापिदा घाइते चालकलाई समयमै उद्दार गर्न नसक्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीको भनाई छ।

मृतक ४ मध्ये चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र सनाखत हुन सकेको छ। अन्य मृतक यात्रुमा एक जना बच्चा, एकजना महिला र एक वृद्ध भएको इलाका प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए। घाइतेहरुको वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको र केहीको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए। ‘बस पल्टिएर विजुलीको पोलमा च्यापिएकोले  घाइतेहरुको उद्दारमा केही ढिलाइ भयो, जेसिबि ल्याएर तान्नुपर्यो,’उनले भने।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। घाइतेहरु ३० भन्दा बढी रहेको अनुमान छ। धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट बस धरान आउदै गरेकोले मृतक र घाइतेहरु त्यसक्षेत्रकै बढी छन्। घाइते टंकबहादुर तुम्साका अनुसार बसमा  ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रबाट यात्रुहरु चढेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App