८ वैशाख २०८१ शनिबार
समाज

हावाहुरीपीडितलाई डाबरको १० लाख सहयोग

बारा– बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालले हावाहुरीपीडितका लागि लाख रुपैयाँ सहयोग दिएको छ। बारा र पर्सामा आएको हावाहुरीपीडितका लागि डाबरले मुख्यमन्त्री राहत कोषमा १० लाख सहयोग गरेको हो। 

डाबर नेपालका कारखाना प्रमुख कैलाशराम चौरसिया र मानव संसाधन प्रमुख मनोज भगतले प्रदेश–२ का मख्यमान्त्री लालबाबु राउत गद्दीलाई आइतबार राति भेटेर १० लाखको चेक रकम हस्तान्तरण गरेको हो। 

चेक रकम बुझ्दै मुख्यमन्त्री गद्दीले डाबर नेपालले गरेको सहयोगले  हावाहुरीपीडितको पीडामा मल्हम लगाउने काम गरेको बताए। कारखानाका मानव संसाधन प्रमुख मनोज भगतले हावाहुरीपीडितको पुनर्वास गराउनमा सहयोग पुग्ने उदेश्यले मुख्यमन्त्री राहत कोषमा कारखानाको तर्फबाट रकम सहयोग गरिएको बताए।

प्रकाशित: २५ चैत्र २०७५ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App