अझै निचोरिँदै काँग्रेस

सोमबार, २५ चैत २०७५, ०९ : ३१ डा. सुरेश आचार्य

नेपाली कांग्रेसलाई अहिले पनि पार्टी प्रतिपक्षमा छ भन्ने कुराको हेक्का छैन। पार्टी कमजोर भएको छ भन्ने भावना पनि यसका नेता÷कार्यकर्तामा देखिँदैन। आज पनि अहंकारबाट यसका नेता/कार्यकर्ता प्रशिक्षित छन्। गुटको राजनीतिमा आफ्नो जय र अर्कोको पराजयमारमाइरहेका छन्। नेपाल बार एसोसिएसनको निर्वाचन परिणामले यही देखाएको छ। जिल्ला सभापतिका चेतावनीपूर्ण वक्तव्यले यही भनिरहेको छ। गुटगत भेला र सम्मानका कार्यक्रमले यही बताइरहेको छ। सत्तामा हुँदा विग्रह कांग्रेसको पहिचान थियो। प्रतिपक्षमा हुँदा केही एकता देखिन्थ्यो। तर आज सत्ता पक्षको राप र तापका कारण हुने विग्रहले निरन्तरता पाएको छ। यद्यपि आजको कांग्रेस यही तरिकाबाट सत्तामा पुग्ने सम्भावना कति टाढा छ, उसले भेउ पाएको छैन।

त्यसो त कांग्रेस कम्युनिस्टहरूको कमजोरीबाट आफू फेरि सत्तासीन हुने सपनामा बाँचिरहेको छ। हिजो गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति हुने सपना बुनिरहँदा दुई कम्युनिस्टको प्रतिस्पर्धामा कांग्रेस त्यसै जित्ने ठानेका थिए। राजनीति सरल रेखामा मात्रै प्रवाहित हुन्थ्यो भने उनी गलत थिएनन्। उसबेला नै काग्रेसले दुईतिहाइ ल्याउनुपथ्र्यो। तर त्यसो भएन। यसको कारण थियो– २–४ सिट हारेर कांग्रेस कमजोर हुँदैन, आफ्ना विरोधी जतिलाई सकभर टिकट दिनुहँुदैन, टिकट रोक्न सकिएन भने जित्न दिनुहुँदैन। कोइरालाको सपना माओवादी जालमा फस्यो। कांग्रेसमा गिरिजाप्रसादले हुर्काएको अन्तर्घात उनको अवशानले पनि समाप्त भएन। बरु अझ हुर्कँदो छ, बढ्दो छ। कांग्रेस हराउन अर्को पार्टी चाहिँदैन। बलियो प्रतिद्वन्द्वी नै चाहिँदैन। आफू जित्नका लागि होइन, अर्कालाई हराउनका लागि कांग्रेस आफैं प्रयोग हुन्छ। प्रयोग हुँदै आएको छ। बार एसोसिएनको निर्वाचन परिणाम पछिल्लो उदाहरण हो।

कांग्रेसमा गिरिजाप्रसादले हुर्काएको अन्तर्घात उनको अवशानले पनि समाप्त भएन। बरु अझ हुर्कँदो छ, बढ्दो छ। कांग्रेस हराउन अर्को पार्टी चाहिँदैन। बलियो प्रतिद्वन्द्वी नै चाहिँदैन। आफू जित्नका लागि होइन, अर्कालाई हराउनका लागि कांग्रेस आफैं प्रयोग हुन्छ।

बार एसोसिएसन कानुन व्यवसायीहरूको साझा संस्था हो। त्यसैले पूरै राजनीतिक परिणाम आउनुपथ्र्यो भन्ने चाहना पार्टीहरूले मात्रै राख्ने हो। पेशाकर्मीहरूले त विवेक प्रयोग गर्ने हो। तर आजका पेशागत संगठनहरू पार्टीका अघोषित भातृ संस्थामा रूपान्तरित हुँदैछन्। अझ कम्युनिस्टहरूको वर्चश्वले ती संस्थाहरुलाई अझ बढी पार्टीकरण गर्दै लगेको छ। लोकतन्त्रका पहरेदार यी संस्थाहरू दलगत हँुदै जाँदा र अझ वाम धारमा सरकारसँगै उभिँदै गर्दा आज कांग्रेसले भन्ने गरेको अधिनायकवाद हावी हुने खतरा बढेको छ। लोकतन्त्र कमजोर हुने खतरा बढ्न सक्छ। यो कोणबाट आफूलाई लोकतन्त्रवादी ठान्नेहरूले सोच्न सकेनन्। बारको उमेदवारीमा व्यक्तिको पराजयमा आफ्नो विजय देखे। सत्तापक्षले जीतका लागि सम्पूर्ण शक्ति प्रयोग÷दुरुपयोग गरिरहेका बेला लोकतन्त्रवादीहरू उमेदवारलाई स्वाद चखाउन पाएकामा हर्षित भए।

सबै पेशा÷व्यवसायका लोकतन्त्रवादीहरूसबै कांग्रेस होइनन्। लोकतन्त्रवादीलाई एकीकृत गर्ने भूमिकामा कांग्रेसले आफ्नो नेतृत्वदायी भूमिकाको आवश्यकता बोध गरेकै छैन। तर आफूलाई कांग्रेस मान्नेदेखि शुभेच्छुक ठान्नेहरूले यतिबेला लोकतन्त्रवादीहरूको पराजयमा आफ्नो हर्ष मिसाउनु कति विवेकसम्मत हो ? प्रश्न यतिमात्रै हो। अन्यथा यो कांग्रेस प्रवृत्तिको दोष हो। कांग्रेसमा गिरिजाप्रसादले रोपेको अन्तर्घाती प्रवृत्तिको निरन्तरता हो। कांग्रेसले आज पनि आफू सच्चिनु र आफ्नालाई सच्याउनु आवश्यक ठानेको छैन। महासमितिको बैठकयता एकथरी पार्टी सभापतिहरू संख्या देखाएर राजनीतिक बार्गेनिङमा लागेका छन्। उनीहरूको माग जायज वा नाजायज भन्ने बहस कतै भएको छैन। नेताहरू जिल्ला फर्किएनन् भन्ने भावनात्मक नारा लगाएर केन्द्रीय पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न नपाउने व्यवस्था गर्न माग गरिरहेका छन्। समावेशी कोटामा रहेकालाई एकपटकबाहेक अर्कोपटक मनोनीत नगर्न उनीहरूको माग छ। यसका व्यावहारिक पक्षबारे कतै बहस भएको सुनिएको छैन। यो सभापतिहरूको माग हो, महासमितिको अजेन्डा होइन।

सभापति महासमितिको पदेन सदस्य हुनुको अर्थ उनीहरूले उठाएका माग बैठकका अजेन्डा हुन्छन् भन्ने छैन। यो विषय छलफलमा प्रवेश गर्ने पार्टी पद्धति पक्कै होला। पार्टी संगठन हाँकेर हिँडेका जिल्ला सभापतिको मागको गम्भीरतालाई पार्टी नेतृत्वले जसरी लिनुपथ्र्यो, त्यसरी लिएन भन्ने गुनासोसम्म नाजायज होइन। तर यसको अर्थ पार्टी निर्णय जेसुकै भए पनि मान्दिनँ भन्ने र आन्तरिक विषयलाई सार्वजनिक बहसको विषय बनाएर नेतृत्वलाई चुनौती दिने छूट पनि होइन होला। काँग्रेस पार्टीको विधानअनुसार, विशेष महाधिवेशन बोलाउनबाट कसैले राक्न सक्दैन। यो नितान्त महासमिति सदस्यहरूको अधिकारको प्रश्न हो। यसलाई कसैले रोक्न सक्दैन। ३५ सय महासमिति सदस्य भएका पार्टीमा ३५ को हाराहारीमा रहेका जिल्ला सभापतिले सबैका प्रतिनिधि आफैंँमात्र हौं भन्ने भ्रम पालेका देखिन्छ। र, मिडियाले पनि बिनाहस्ताक्षरका विज्ञप्तिलाई समाचार बनाएर कांग्रेसको भयानक समाचार प्रकाशन प्रसारणमा रुचि देखाउने गरेकाछन्। यसको अर्थ मिडियाले कांग्रेसलाई कमजोर बनाउन लाग्यो भन्ने होइन, कांग्रेसलाई कमजोर बनाउन कांग्रेसहरु नै कति क्रियाशील छन् भन्ने हो।

पार्टीभित्रको गुट कांग्रेसको जन्मजात चरित्र हो। यो यथार्थ हो। हिजो पञ्चायतमा पस्नुपर्छ भन्ने कांग्रेस पनि थियो। पञ्चायतमा हालिमुहाली चलाउन पनि कांग्रेसका डफ्फाहरू पटकपटक पञ्चायत पसे। केही पस्न चाहेर पनि नसकेकाहरूमा आन्दोलनको मनस्थिति नै थिएन। तर लोकतन्त्र ल्याउन पञ्चायतमा नपसेका कांग्रेसहरूको योगदान रह्यो। २०४२ मा ‘सत्याग्रह गर्नुहँुदैन, महाराज सकारात्मक होइबक्सन्छ’ भन्ने सन्देश ल्याउनेहरूले नै सत्याग्रहमा एउटा अनुशासनको सर्त बनाएका थिए– हिंसा भयो भने सत्याग्रह रोकिनेछ। रामराजाप्रसाद सिंहका नाममा हिंसा भयो। सत्याग्रह रोकियो। २०४६ को जनआन्दोलनमा कम्युनिस्टसँग मिल्न हुँदैन भन्ने पनि उनीहरू नै थिए। आजसम्म कुनै इतिहासकारले कांग्रेसको सत्याग्रहको सर्त र रामराजाको हिंसाबीचको सम्बन्ध खोज्न चाहेको छैन। ती घटनाका दुवै पक्षका पात्र अब जीवित छैनन्। तर उनका अनुयायीहरू अहिले पनि कांग्रेसलाई कमजोर बनाउन कांग्रेसको राजनीतिमा टिकेका छन्। उसबेला पञ्चायतमा प्रजातन्त्र देख्नेहरू कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउन सफल भए र कांग्रेसमा उनीहरूको एकछत्र राज चल्यो। उनीहरूले नै आफूलाई संस्थापन र अरुलाई विरोधी ठान्ने भावनाको विकास गराए। आज संस्थापन भन्ने गरिएको थलोमा अर्को व्यक्ति पुग्दाको पीडाले उनीहरू मर्माहत छन्।

कांग्रेसको नेतृत्व कमजोर भएको सत्य बोल्न सक्नेहरूकम छन्। बरु कमजोर बनाउन चाहनेहरूचाहिँ बढी शक्तिशाली देखिँदैछन्। कांग्रेस नेतृत्वका कारणले मात्र कमजोर भएको होइन। नेतृत्वलाई अघि बढ्न नदिने संस्कारको विकासले कमजोर भएको हो। कांग्रेस संगठनका हिसावले पनि कमजोर छैन। तर कार्यकर्तालाई गुट र उपगुटमा विभाजित गरेर कांग्रेसलाई बलियो बन्न दिइएको छैन। यो कुनै नयाँ कुरा होइन। कांग्रेसको बहुमतको सरकार पहिलोपटक महाराजले नखोसेका हुन्थे भने कालान्तरमा के हुन्थ्यो, त्यो अनुमानभन्दा बाहिरको अवस्था रह्यो। तर दोस्रो र तेस्रो बहुमत कांग्रेस आफैँंले नटिकाएको हो। टिक्न नदिएको हो। यसको कारक को हो भनेर आजै दोहो-याउनु पर्ने गरी आमनागरिकले बिर्सिसकेका छैनन्।

आज पनि कम्युनिस्टको अलोकप्रियताबाट आफू फेरि सत्तासीन हुनेबाहेक संगठित हुने र बलियो पार्टी बनाउने सोच कांग्रेसमा विकास हुन सकेको छैन। कम्युनिस्ट सरकारको अहिलेको अलोकप्रियता निर्वाचन नआउँदासम्मका लागि हो। निर्वाचनका वर्षमा उसले ल्याउने कार्यक्रमले उसका अघिल्ला कमजोरी सबै त्यसै ढाकिनेछन्। नेपाली मतदाताले त्यही कथित लोकप्रियताका नाममा दिने मतले उसको आगामी सरकारका लागि बाटो खोल्नेछ। किनभने कांग्रेस राजनीतिक पार्टीमात्र हो, रणनीतिक पार्टी होइन। चुनावी रणनीतिमा उसले आफूलाई अब्बल सावित गर्ने सम्भावना छैन, जति कम्युनिस्टहरूले गर्न सक्छन् र गर्दै आएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad