७ वैशाख २०८१ शुक्रबार
समाज

हुरी प्रभावित क्षेत्रमा युवा संघको पुनर्निर्माण अभियान

बारा– हावाहुरी प्रभावित बारा र पर्सामा सत्तारुढ दलनिकट युवा संघले पुनर्निर्माण अभियान सुरु गरेको छ। चैत १७ गते हुरी आएको भोलिपल्ट अध्यक्ष रमेश पौडेलको नेतृत्वमा युवा संघको टोली राहत र उद्दारमा खटिएको थियो। उक्त टोलीको नेतृत्वमा युवाहरु अहिले पुनर्निर्माणमा खटिएका छन्।

हरेक बिहान आफ्नो टिम लिएर अध्यक्ष पौडेलसहित संघका नेताहरु फरक फरक बस्तीमा पुगी भग्नावशेष सफाइ तथा राहत वितरणमा सक्रिय रहेको नेता सञ्जीव रोकाहाले जानकारी दिए। अध्यक्ष पौडेलले राहत नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर उद्धार तथा राहत वितरण अभियान सञ्चालन गरिरहेको उनले बताए। 

अध्यक्ष पौडेलसहित बरिष्ठ उपाध्यक्ष किरण पौडेल, पर्शुराम बस्नेत, सचिव क्षितिज थेवे, अन्जना अधिकारी, शिवचन्द्र सिंह, सन्जिव झा, अशोक चौलागाई, माधवराज थापा, राकेश राईलगायत २ सय भन्दा बढी युवा हुरी प्रभावित क्षेत्रमा खटिएको केन्द्रीय सदस्य रोकाहाले बताए।

युवा संघले विभिन्न क्षेत्र तथा आफ्ना सदस्यबाट राहत संकलन गरेको थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App