coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई एक्जाभेटर नियन्त्रणमा

रौतहट– रौतहट प्रहरीले दुई वटा एक्जाभेटर नियन्त्रणमा लिएको छ। अवैध रुपमा चुरे क्षेत्रमा उत्खनन गरिरहेको दुई एक्जाभेटरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिकाके गैडाटार क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको ठाउँमा अवैध रुपमा उत्खनन गरिरहेको एक्जाभेटरलाई रौतहट प्रहरीले नियन्त्रणमा लिँदै कारबाही अगाडि बढाएको हो।

जिल्ला समन्वय समिति रौतहटको अनुमति नै नलिई र एक्जाभेटरमा नम्बर प्लेट नै नराखी निरन्तर अवैध उत्खनन गर्दै आएको दुई वटा एक्जाभेटरलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी गराएका छन्।

विगत केही दिनदेखि विभिन्न खोलाको ढुंगा, गिटी, बोल्डर तथा बालुवा अवैध रुपमा एक्जाभेटरले खोस्रिइरहेको सूचना आएपछि रौतहटका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख खत्रीसमेतको प्रहरी टोली घटनास्थल पुगेर दुई वटै एक्जाभेटर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको एक्जाभेटरले जिल्ला समन्वय समिति रौतहटको अनुमति नलिएको समितिको कार्यालयले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७५ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App