८ वैशाख २०८१ शनिबार
राजनीति

अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउन डा. केसीको माग

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया अविलम्ब थाल्न माग गरेका छन्। उनले महाभियोग लगायतका माग पूरा नभएमा आगामी असार २६ गतेदेखि आमरण अनशन थाल्ने चेतावनीसमेत दिएका छन्।
चिकित्सा शिक्षा सुधारमा अख्तियारले विभिन्न हस्तक्षेपगरी बाधा पुर्याएको भन्दै डा.केसीले पत्रकार सम्मेलन मार्फत् यस्तो माग अगाडी सारेका हुन्।
उनले आफ्ना र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिट भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधार प्रक्रियामा अवरोध पारेको आरोप लगाएका छन्। ‘भ्रष्ट्रहरुलाई संरक्षण दिएका र अरु जिम्मेवार पदाधिकारीहरुलाई ब्ल्याकमेलिङ गरेर राजिनामा दिन बाध्य पारे,’ डा.केसीले थपे, ‘कार्यक्षेत्र नाघेर केयुको प्रवेश परीक्षामा हस्तक्षेपसमेत गराए।’
सरकारसँग भएका पुराना सहमति कार्यन्वयनसहित, विवादित मनमोहन मेडिकल कलेजलाई प्रष्तिष्ठानको रुपम दिनेगरी संसदमा रहेको विधेयक तत्काल फिर्ता लिनसमेत डा.केसीले माग गरेका छन्। डा.केसीले सरकारले चिकित्सा शिक्षा ऐन तत्काल संसदमा लैजानुपर्नेसमेत माग गरेका छन्। उनले सबै सरकारी मेडिकल कलेजमा आर्थिक सरकारले बेहोर्दै तीनमा सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज बनाउनु पर्ने मागसमेत अगाडी सारेका छन्।

 

प्रकाशित: १२ असार २०७३ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App