८ वैशाख २०८१ शनिबार
भिडियो

अस्पताल र स्वास्थ्य संस्था बन्द गरेर स्वास्थ्य दिवस मनाउने ?

काठमाडौं– ‘सबैलाई समेटौं, सबैका लागि स्वास्थ्य’ भन्ने नारासहित नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। तर एकातिर स्वास्थ्य दिवस मनाई रहँदा अर्कोतर्फ सरकारी चिकित्सकहरु सरकारले ल्याएको समायोजन प्रक्रियामा असहमति जनाउँदै आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा छन्। 

यो एउटा उदाहरणमात्र हो। पछिल्लो समय कुनै न कुनै बहानामा अस्पतालमा बन्द तथा हड्ताल हुने गरेका छन्। कहिले गोविन्द केसीको माग सम्बोधनको नाममा होस् वा मुलुकी अपराध ऐन संशोधनको नाममा। यसरी आन्दोलनका नाममा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड कहिलेसम्म?

चिकित्सकका माग जायज छ वा छैन त्यो आफ्नो ठाउमा होला। तर आफ्नो मागलार्इ पुरा गर्न बिरामीलाई नै असर पर्नेगरी बन्द र हड्ताल गर्नु चाहीँ कतिको उचित होला? जसको प्रत्यक्ष मारमा भने सर्वसाधारण पर्ने गरेका छन्। 

संविधानले नै स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा राखेको छ भने सरकारले यस्ता क्षेत्रमा आन्दोलन तथा बन्द गर्न बर्जित गरेको छ। तर सरकारी निर्णय र संबैधानिक व्यवस्थालाई खलल हुनेगरी स्वास्थ्य सेवामा आन्दोलन भैरहेका छन्। स्वास्थ्य सेवा आम नागरिकलाई आवश्यक पर्ने क्षेत्र हो। तर स्वार्थपूर्ति गर्नका लागि स्वास्थ्य सेवामा नै बन्द र हड्ताल गर्ने प्रवृति अन्त्य गर्ने की ?

प्रकाशित: २४ चैत्र २०७५ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App