८ वैशाख २०८१ शनिबार
समाज

घुससहित समातिएका नेपालगन्ज भन्सारका नायव सुब्बाविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ५२ हजार घुससहित नियन्त्रणमा लिएको थियो।  

चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गत कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो ५२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय माग दाबी गर्दै अख्तियारले आइतवार मुद्दा दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

प्रकाशित: २४ चैत्र २०७५ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App