coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘लेनदेन’मै अल्झियो कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्यो।

बैठकको एजेण्डा थियो, कार्यसम्पादन समिति गठनमा सहमति खोज्नु। सहमति पनि जुट्यो, भागबन्डामा। कार्यसम्पादन समितिमा ६०/४० मा सहमति जुट्यो। सभापति शेरबहादुर देउवा समूहले ६० प्रतिशत राख्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई ४० प्रतिशत दिने सहमति भयो।

४० प्रतिशतभित्र पौडेललाई कृष्णप्रसाद सिटौला समूहलाई पनि हटाउँनुपर्ने अवस्था छ। यस्तै, देउवा ‘क्याम्प’ छाडेर आएका नेता केवी कुरुङ र अर्जुनरसिंह केसीलाई पनि पौडेलले नै समेट्नुपर्छ। कर्यसम्पादन समितिमा पदाधिकारीसहित २९ जना नेता अटाउँछन्। संस्थापनइतर समूहबाट पौडेलसहित महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव छन्। त्यसबाहेक करिब आठ जना नेतालाई मात्रै पौडेलले आफ्नो समूहबाट समेट्नसक्छन्।

कार्यसम्पादन समितिमा ‘सिनियर’लाई अवसर दिनुपर्ने धारणा कांग्रेसमा छ। कार्यसम्पादन समितिले केन्द्रीय समिति बस्न नसकेको बेलामा पार्टीलाई गतिशील बनाउन मदत पुग्छ। अखाफूसँग भएको सिनियर नेतालाई नै व्यवस्थापन चुनौती भएका बेला सिटौला समूहलाई समेट्न नसक्ने निष्कर्षमा पुगेपछि वरिष्ठ नेता पौडेल सहमति तोड्न बाध्य भए।

त्यसकारण शनिबारको बैठक बस्दै नबसी स्थगित भयो। देउवा समूह र पौडेल समूहको भागबन्डामा आफूलाई तेस्रो धारको दाबी गर्ने नेता सिटौलाले आपत्ति जनाएपछि बैठक बस्न सकेन।

नेपाली कांग्रेसलाई देशकै एक मात्र  पूर्णरूपमा लोकतान्त्रिक पार्टीको दाबी गरिन्छ। तर देशकै लोकतान्त्रिक पार्टी ‘लेनदेन’ मा चल्दा  पार्टीका आम कार्यकर्ता निरास भएका छन्।

कार्यसमपादन समितिमा सहमति नजुटेको त एक प्रतिनिधिमूलमक घटना मात्रै हो। कांग्रेस लामो समयदेखि यस्तै ‘लेनदेन’मा चलिरहेको छ। कुनै विषयमा भागबन्डामा कुरा मिले चाँडै निर्णय हुने र भागबन्डामा कुरा नमिले महिनौं अड्किने गरेको छ।

विगतदेखि नै कांग्रेस नेताले पार्टीको विधानले नसमेटेका विषयलाई पनि आन्तरिक सहमतिबाट अघि बढाउँदै आएका छन्। विधानमा भएका व्यवस्थालाई पनि नेताहरूले आन्तरिक सहमतिको नममा उल्लंघन गर्दै आएका छन्।

‘हाम्रो पार्टी विधानअनुसार चल्ने हो भने ९० प्रतिशत समस्या समाधान हुन्छ’, युवा नेता प्रदीप पौडेल भन्छन्, ‘आपसी शक्ति सन्तुल मिलाउनाले पार्टीभित्र समस्या आएको छ। हामीले त बारम्बार पार्टीलाई विधानअनुसार चलौं भनिरहेका छौं। विधानअनुसार चल्ने हो भने हामीप्रति लक्षित प्रश्नहरू पनि कम हुन्छन्।’

पार्टी लेनदेनमै अल्झिएका कारण यो अवस्थामा आइपुगेको पार्टीका पुराना नेताको निष्कर्ष छ। भागबन्डा मिल्दा पार्टी सक्नै पनि तयार हुने र नमिल्दा आदर्शवादी हुने प्रवृत्तिले पार्टी क्रमशः कमजोर हुँदै गएको कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङ बताउँछन्। ‘भागबन्डा गरेर शेरबहादुर र रामचन्द्रले पार्टी सकिसके। जबसम्म कांग्रेस उठ्नै सक्दैन तबसम्म भागबन्डा रहिरहन्छ भन्ने प्रष्ट भएको छ’, उनले नभ, ‘वीपी, सुवर्ण, किशुनजीहरूलाई भागबन्डा नहुँदा पनि भएको थियो। अहिले भागबन्डानै चाहिने? १० जनाको समिति बनाउनुपार्नेमा विधान मिचेर  भागबन्डामा २० जनाको बनाउने अनि चुनावमा नहारेर के हुन्छ?’

कांग्रेसको अवस्था देखेर लोकतन्त्रमा आस्था राख्ने जनता निरास भएको राजनीतिक विश्लेषकको तर्क छ। ‘कांग्रेस पार्टी मात्रै होइल लोकतन्त्र पनि हो। कार्यकर्ताका लागि पार्टीभित्रको भागबन्डा ठीक छ किनकि उनीहरू पनि सेटल हुन्छन्। तर लोकतन्त्रप्रति अस्था राख्ने जनता र कांग्रेसका प्रतिबद्ध भोटर निरास छन्’, राजनीतिक विश्लेषक जुगल भुर्तेल भन्छन्, ‘कांग्रेसभित्रका गुटहरू गिरोहका रूपमा परिणत हुँदा यस्तो अवस्था आएको हो। तत्काल यो समस्या समाधान हुने पनि देखिँदैन। पार्टी बचाउना आएका भन्नेहरू पनि अहिले भागबन्डामा खुसी छन्।’

भागबन्डा पार्टीभित्र प्रवृत्तिको रूपमा विकास भएको उनको तर्क छ। ‘पार्टीको स्वास्थ्य कस्तो छ भन्ने खेल गर्दैनन्। तर चुसेर जति खान सकिन्छ खाने प्रवृत्ति बढेको छ’, भुर्तेलले नागरिकसँग भने, ‘नेपाली कांग्रेस भड्खालोमा परे केही हुन्न त्यसको विकल्पमा अर्को पार्टी आउला तर त्यस्तो पार्टी आउन वर्षैं लाग्छ। यस्तै भए पनि लोकतान्त्रिक पार्टी हो। ठोकठाक गरेर चलाउनुपर्ने अवस्था छ।’

 

प्रकाशित: २४ चैत्र २०७५ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App