coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोकेको जीप दुर्घटना, यात्रु हाम फालेर बचाए ज्यान

डोल्पा - डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिर नजिक जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो।

रुपगाड बाट सदरमुकाम दुनै तिर आउदै गरेको भे १ च २९४३ नम्बरको बोलेरो जीप कालिका मन्दिरमा चालकले रोकेर पैसा साट्न सिटिजन्स बैँक गएको बेलामा जीप आफै २० मिटर पछाडि गुडेर सड्क भन्दा ३ मिटर तल तटबन्दमा बजारिएको थियो।

जीपमा सवार २  जनाले झयालबाट हाम फालेर ज्यान भएका छन्। सहचालक नराखि एक्लै चलाएको र जीपको इन्जन नै बन्द नगरि न्यूटलमा गाडी छोडर चालक बाहिर जानु कानुन विपरित भएकोले मानवीय क्षति नभएपनि चालकलाइ कानुन बमोजिम कारवाही हुने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए ।

 

प्रकाशित: २४ चैत्र २०७५ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App