coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषिमा हावाहुरीबाट करोडौंको क्षति

बाराको भलुहीमा हावाहुरीले मासिएको कृषिफार्म देखाउँदै बिक्की महतो। तस्बिर: रितेश त्रिपाठी/नागरिक

वीरगन्ज– गत आइतबार साँझ आएको बिनाशकारी हावाहुरीबाट कृषि क्षेत्रमा करोडौं रुपैयाँको क्षति भएको देखिएको छ। गहुँ, मकै, प्याज, अन्य तरकारी र व्यवसायिक कृषि फार्म हावाहुरीले नष्ट भएका छन्।

‘हामीले एक बिघा जग्गामा व्यावसायिक कृषिफर्म सुरु गरेका थियौं, ६ वटा गाई भैंसी, १० वटा आँपको रुख, ४० वटा लिचीको रुख र चार सय हाँस पालेका थियौं,’ श्री गणेश एकीकृत कृषि फार्मका भलुहीका बिक्की महतोले भने, ‘मोजर (फुल) पलाएर लहलहाइरहेका आँप, लिचीका रुख सबै ढले। हाँस हावाले उडाएर लग्यो।’

त्यस्तै प्रभावित क्षेत्रमा सयौं गाईभैंसी मरेका छन्। गहुँ तथा अन्नबालीमा मात्र पाँच करोडजतिको क्षति भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । दुई करोडभन्दा बढीको पर्सामा पनि सखाप भएको छ। हावाहुरीले दुवै जिल्लामा गरी करिब डेढ हजार बिघामा लगाइएको गहुँ, मसुरो, मकै, फलफूल तथा तरकारी बालीमा क्षति पु-याएको छ।

पर्साको भवानीपुर, परवानीपुर, बाराको रामपुर टोकनी, बलिरामपुर र फूलबरीया, प्रशुरामपुर, हर्दिया, जमुनिया र चरमोहनालगायत क्षेत्रमा प्रभाव पारेको छ । गहुँ, मकै, तरकारी, आँप तथा लिचीलगायत नष्ट भएको बाराको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । त्यस्तै हावाहुरीबाट ५० लाखभन्दा बढीका चौपायाँ र पशुपक्षी मरेका छन्।

पुरैनियामा अम्बया खातुनका दुई हजारभन्दा बढी कुखुरा नष्ट भएका छन्। १० कट्ठा खेतको गहुँको नोक्सानीसमेत जोड्दा २० लाखभन्दा बढीको क्षति भएको उनले बताइन्। त्यस्तै कौशल ठकुराईले एक बिघा खेतमध्ये १५ कट्ठामा गहुँ, चार कट्ठामा मकै र एक कट्ठामा लगाएको प्याज पनि पूर्ण रुपमा नष्ठ भएको छ।

प्रकाशित: २४ चैत्र २०७५ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App