७ वैशाख २०८१ शुक्रबार
समाज

आगलागी कसरी नियन्त्रण गर्ने ?

दिक्तेलमा अग्नी नियन्त्रण सम्वन्धी सीप प्रदर्शन गर्दै अग्नी नियन्त्रक। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङमा अग्नी नियन्त्रण सम्वन्धी सीप प्रदर्शन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित अग्नी नियन्त्रण सम्बन्धी तालिमका सहभागी अग्नी नियन्त्रकले अग्नी नियन्त्रण सीप प्रदर्शन गरेको हो। आगलागी भएका बेलामा धनजनको क्षति न्यूनीकरण गर्ने सचेतनाका लागि शनिबार दिक्तेलको हेलीप्याडमा अग्नी नियन्त्रण सम्बन्धी सीप प्रदर्शन गरिएको हो।

आगलागीको अति जोखिमयुक्त क्षेत्रको रुपमा रहेको दिक्तेलबजारमा अग्नी नियन्त्रक जनशक्ती उत्पादन गर्ने उद्धेश्यले ५ दिने तालिमको आयोजना गरिएको रेडक्रस जिल्ला शाखाको संयोजक लोकमायाँ थापाले बताइन्। सहभागी अग्नी नियन्त्रकले तालिम समापन कोक्रममा जलिरहेको कृत्रिम घरमा लागेको आगो फायर डिस्टीङग्वीसर, माटो, पानी, जुटको बोरा तथा स्थानीय श्रोत साधन प्रयोग गरी नियन्त्रण गर्ने सीप प्रदर्शन गरेका छन्।

दिक्तेलबजारमा गठित ८ वटा टोल विकास समितिका दुई÷दुई जना, नगरपालिकाका सवारी चालक, जिल्ला प्रहरी र शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रतिनिधिलाई अग्नी नियन्त्रण सम्वन्धी तालिम दिइएको छ। सहभागीलाई तालिमको अन्तिम दिन दमकलबाट आगो नियन्त्रण गर्ने प्रयोगात्मक अभ्यास समेत गराइएको आयोजकले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७५ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App