८ वैशाख २०८१ शनिबार
समाज

ग्यास्ट्रिक विज्ञको सम्मेलन सम्पन्न

काठमाडौं – ग्यास्ट्रोइन्ट्रोलोजिस्टहरुको दोस्रो राष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको सम्म्ेलन शनिबार सम्पन्न भएको हो। नेपाल ग्यास्ट्रोलोजी समाजले सम्मेलनको आयोजना गरेको हो।

सम्मेलनमा नेपालका तर्फबाट पाँच वटा पाचन प्रणाली रोगसम्बन्धी शोधपत्र प्रस्तुत भएका थिए। सम्मेनलनले देशभरका चिकित्सकहरुलाई पाचन प्रणाली रोगमा आइपर्ने समस्या, शोधपत्र पेश गर्ने, एकअर्कामा परिचित हुने र अनुभव तथा सीप साट्ने कार्य भएको समाजका महासचिव डा. विद्याननिधि पौडेलले बताए। सोही क्रममा भारतीय पद्मश्री पुरस्कारप्राप्त ग्यास्ट्रोइन्ट्रोलोजिस्ट प्रा. डा. टिएएस चन्द्रशेखरले प्रस्तुति गरेका थिए। कार्यक्रममा नेपालका विभिन्न अस्पताल तथा मेडिकल कलेजका ग्यास्ट्रोइन्ट्रोलोजिस्टहरुले शोधपत्र तथा कार्य अनुभवका प्रस्तुतिहरु गरेका थिए। सम्मेलनमा भारतका ९ जना विशिष्ट चिकित्सकले प्रस्तुति गरेका थिए।

अमेरिकाबाट दुई चिकित्सक सहभागी हुन आएका थिए। कार्यक्रमले पाचन प्रणाली उपचारमा भएका खोज तथा नयाँ प्रविधिको सीप र ज्ञान आपसमा जान्ने अवसर मिलेको समाजले जनाएको छ।

२०५५ सालमा स्थापना भएको नेपाल ग्यास्ट्रोइन्ट्रोलोजिस्ट समाजले यस अघि २०७० सालमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो। नेपाल यो रोगको उपचार क्षेत्रमा छिमेकी राष्ट्र भारत तथा विकसित राष्ट्रको तुलनामा धेरैपछि रहेकाले सम्मेलन आवश्यक रहेको समाजका महासचिव डा. पौडेलले बताए। ‘हामी कहाँ यो रोगमा भएका उपचार र अवस्थाको बारेमा अनुसन्धानमा पछि छौं। प्रविधिमा पनि पछि छौं,’ उनले भने। दुई दिनसम्म जारी रहेको सो सम्मेलनमा ३ सय जना चिकित्सकले भाग लिएका थिए।

प्रकाशित: २४ चैत्र २०७५ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App