coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजनीतिमा बिग्रँदो 'समय'

काठमाडौं – मृत्युभय खतरनाक हुन्छ। त्यसले मान्छेलाई आफ्नो अस्तित्वबारे सोच्न वाध्य बनाउँछ। जब नश्वर देहको क्षणभंगुरता वोध भएपछि मान्छे आपूmलाई अमर बनाउने उपाय सोच्छ। २९ वर्षअघि साहित्यकार बलदेव शर्मा मजगैयाँलाई पनि त्यस्तै भयो। २०४६ सालमा पञ्चायती व्यवस्थाविरोधी क्रियाकलापमा लाग्दा जेलपरेका उनले ‘मृत्युदण्ड’ पाउने हल्ला चलेपछि ‘ओहो त्यत्तिकै मरिने भइयो कि क्या हो’ भन्ने डर उनका मनमा पस्यो। अनि आफ्नो कीर्ति राख्न साहित्यिक कृति लेखे। ०४६ सालमा जेलमा लेखेको उनको पहिलो उपन्यास ‘नरमणि’ ०४८ मा छापियो।

त्यसपछि उनको ‘पेशा’ राजनीतिसँगै साहित्यिक लेखन पनि अघि बढ्दै गयो। देशमा लोकतन्त्र आयो। लोकतन्त्र आउनुअघिको संक्रमणमा थुनामा परेका उनले ‘विवशता’ उपन्यास लेखे। देशमा गणतन्त्र आयो। गणतन्त्र आउनुअघि थुनामा पर्दा ‘मानसी’ उपन्यास लेखे। भारत प्रवाशमा कांग्रेस नेता विपीसँग राम्रै हिमचिम भएका मजगैंयाले विपीले जस्तै जेलजीवनको सर्जिनात्मक उपयोग गरे। हाल राजनीतिबाट टाढाझैं भएका १७ वर्ष सांसद भएका साहित्यिक नेता बलदेवको छैंठौं उपन्यास ‘समय’ राजधानीमा शुक्रबार विमोचन गरियो। दुई वर्षअघि प्रकाशित उनको ‘बोन्स्री’ उपन्यासबाट उनको लेखनमा आध्यात्मले ठाउँ पाएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बैरागी काँइलाले विमोचन गरेको ‘समय’ उपन्यासमा पनि सामाजिक विषयका साथै अध्यात्मले रामै्र ठाउँ पाएको छ।

विमोचन कार्यक्रममा बोल्दै समालोचक ज्ञानु अधिकारीले उपन्यासले विभेदमा परेका महिलाको यथार्थ चित्रण गरेको बताइन्। प्राडा नारायण चालिसेले ‘समय’मा भौतिकताभन्दा अध्यात्मले प्रधानता पाएको बताए। उपन्यासमा नेपालको राजनीति विगतकोजस्तो जनतामुखी नभई सत्तामुखी भएको उनले बताए। साहित्कार प्रदीप नेपालले उपन्यासले समसामयिक राजनीतिलाई उजागर गरेको बताए। सभ्य समाज निर्माण गर्न नैतिक राजनीतिको खडेरी हुँदा राजनीति हिजोजस्तो स्वच्छ नभएको बताए। कार्यक्रममा साहित्यकार वैरागी काँइलाले उपन्यासमा विशाल, सामाजिक विकासको क्रममा लेखिएका र यो सबै पाठकहरुका लागि उपयुक्त हुने उनले बताए। आम नेपालीले बलियो राज्यको कल्पना गरेका तर अधिनायकवादको कल्पना नगरेको विषयलाई उपन्यासले उठान गरेको बताए।

लेखक मजगैयाँले राजनीतिमा जसरी पनि सत्तमा पुग्ने र कसरी आफूलाई र आफ्ना सन्तानलाई स्थापित गर्ने भन्ने प्रवृत्ति विकसित हुँदै आएको बताए। लेखक मजगैयाका उपन्यास कुहिरो (२०५१), चारु (२०५४) पनि प्रकाशित छन्। त्यस्तै उनको संकल्प (कथासंग्रह) र थोरै घाम थोरै पानी (गीती एल्बम) पनि प्रकाशित छ। शर्माको जीवनीको पहिलो भाग धर्तीमाता पनि प्रकाशित छ।

प्रकाशित: २४ चैत्र २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App