४ वैशाख २०८१ मंगलबार
खेल

आरसिटी र आर्मी सेमिफाइनलमा

सिन्धुपाल्चोक– रानीपोखरी कर्नर टिम (आरसिटी) र त्रिभुवन आर्मी दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्।

सदरमुकाम चौताराको टुँडिखेलमा शनिबार भएको क्वार्टरफाइनलमा आरसिटीले बी डिभिजन क्लब मध्यपुर युथ एसोसियसन १–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। आरसिटीका लागि विदेशी खेलाडी साहिदजी एनोफोर्सले एक मात्र निर्णायक गोल गरे।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको ६३औँ मिनेटमा साहिदजीले उत्कृष्ट हेडिङ गोल गर्दै आरसिटीलाई सेमिफाइनल पु¥याए। बलमा अधिकांश समय पकड जमाएको मध्यपुर गोलका लागि प्राप्त पटकपटकको अवसर गुमाउँदा चुकचुकाउन पुग्यो। खेल जित्न नसके पनि घरेलु दर्शकको मन जितेको मध्यपुरका गणेश बुढाथोकी म्यान अफ दी म्याच चुनिए।

यसअघि शनिबारै भएको अर्को क्वार्टरफाइनल खेलमा बी डिभिजनकै सामाजिक युवा क्लव कोटेश्वरलाई २–० ले पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मीले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । दुवै गोल मध्यान्तरअघि भएको थियो।

एकपक्षीय खेलको १०औँ मिनेटमा गोल गर्दै अमृत बस्नेतले आर्मीलाई अग्रता दिलाए। विपक्षी गोलकिपरले फर्काएको बललाई उनले गोलको दिशा दिएका थिए। ३७औँ मिनेटमा दीप लामाले आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीले आधा दर्जनभन्दा बढी गोलको अवसर गुमायो। सामाजिक युथका गोलरक्षक अशोक तामाङ लगातार बाधक बनिरहे। उनी नै खेलको म्यान अफ दी चुनिए। दुवै म्यान अफ दी म्याचले जनही नगद तीन हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए।

प्रकाशित: २४ चैत्र २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App