७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङ लागेर दुई घाइते

बैतडी- चट्याङ लागेर दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा दुई जना घाइते भएका छन्। १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

शनिबार साँझ घरभित्रै बसेका बेला मोबाइलमा कुरा गर्दै गर्दा चट्याङ परेर दुबै जना घाइते भएका हुन्। उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेमध्ये तुलसीको हात र छातीको भाग जलेको जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

प्रकाशित: २४ चैत्र २०७५ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App