‘सरकार आफ्नै गतिविधिका कारण टिक्दैन’

आइतबार, २४ चैत २०७५, ०८ : २५ नागरिक

रामेछाप – कांग्रेस नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधिका कारण असफल हुने बताएका छन्। शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको प्रतिनिधिसभा कार्यक्रम बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुहाली रहे पनि त्यो अब धेरै नटिक्ने बताएका हुन्। उनले कम्युनिस्ट सरकारलाई कांग्रेसको विगतको इतिहास हेर्दै हो भने राजनीतिक इतिहासमा निकै अगाडि रहेकाले हल्का रूपमा नलिन आग्रह गरेका छन्।

उनले वर्तमान सरकार हत्या र भ्रष्टाचारको पयार्य झै बनिसकेको यो अवस्थामा सरकार टिक्ने आधार नै समाप्त हुदै जान लागेको बताए। कांग्रेसको अर्थनितिमा टिकेको वर्तमान सरकार सडक त टाल्न सकिरहेको छैन रेल र पानी जहाज सञ्चालन गर्ने होहल्लालाई गाना ठानेर हिँडेको बताए।

उनले कांग्रेसले काम प्रशस्तै गरेको भएता पनि प्रचारमा भने चुकेको कारण केही समस्या देखिएको बताए। कांग्रेसका लागि यो हतारको समय नभई अवसरको समयको भएकाले यसको अधिकत्तम उपयोग गर्न सक्नुपर्ने बताए।

उनले बाम गठबन्धनको एक घटकका रूपमा रहेको माओवादीप्रति व्यंग्य गर्दै आफ्नो अस्तित्व बचाउनका लागि उसलाई अर्को शक्तिशाली पार्टीसँग मिल्नुको अर्को विकल्प थिएन त्यसैले अलि विचार मिल्नेसँग विलय भएर आफ्नो स्थान सुरक्षित गरेको बताए। उनले यदि एमालेसँग नमिलेको भए कांग्रेससँग नै मिल्न आउने बताए। उनले पछिल्लो समयमा केही जिल्लाका सभापतिको भेलाका सन्दर्भमा भने जिल्ला सभापति भर्सेज केन्द्रीय समिति बन्न नहुने बताए। उनले सबैले आफ्नो आफ्नो जिम्मेवारीमा बसेर काम गर्नुपर्नेमा जोड दिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad