coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपाले चैत ३० सम्म हस्तारक्षर संकलन गर्ने

काठमाडौं – हिन्दु धर्म स्थापनाका लागि दबाब दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरु गरेको हस्ताक्षर संकलन कार्यक्रमको अवधि बढाई चैत ३० सम्म राखिएको छ। यसअघि चैत २३ सम्म हस्ताक्षर संकलन गरी संकलित हस्ताक्षर प्रधानमन्त्री केपी ओलीलाई बुझाउने कार्यक्रम तय गरिएको थियो।

बिहीबार बसेको राप्रपाको बैठकले हस्ताक्षर संकलन गर्ने अन्तिम दिन चैत ३० सम्म्म सारिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी गराए। उनका अनुसार चैत ३०सम्म हस्ताक्षर संकलन गरी संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइने भएको छ।

पार्टीले आन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउन जनसंघर्ष परिचालन समिति गठन गरेको छ। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा रहेका छन्।

समितिका सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहेका छन्। राप्रपाले चैत्र २५ मा केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरूमा १ घन्टे धर्ना कार्यक्रम राखेको छ। यसैगरी, चैत्र २८ मा सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैसाख ५ मा सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको ब्यानर र प्लेकार्ड जलाउने र वैशाख ८ मा देशका सम्पूर्ण राजमार्ग र चोकहरूमा दिनको १२ देखि २ बजेसम्म २ घन्टे सत्याग्रहका कार्यक्रम तय गरिएका छ।

प्रकाशित: २४ चैत्र २०७५ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App