प्रदेश २

अन्नभण्डारमाथि भोकको सिरानी

आइतबार, २४ चैत २०७५, ०७ : ३८ मिथिलेश यादव

लहान - सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव (६५) लाई सरकारसँग धेरै अपेक्षा छैन। सामान्य किसान यादवको एउटै अपेक्षा छ, त्यो हो पानी। अर्थात् सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनमा अन्न फलाएर गुल्जार बनाउने उनको धोको छ।

सिँचाइको व्यवस्था भए सरकारले न नोकरी दिनुपर्छ न रोजगार। सिँचाइको सुविधा नहुँदा खेतको उँखु पनि डढ्न थालेको छ। चना र दलहन खेतीको हाल पनि उस्तै छ। उनले भने, ‘सिँचाइ बेगर हामी किसानको सास नै अड्केको छ।’

बिल्टु दास ९५० ० विसं २०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाइँ सरेर बन्दिपुर आए। उनी धनुषाबाट बन्दिपुर बसाइँ सर्नुको एउटै स्वार्थ थियो, कमला नदीको पानीको पर्याप्त सुविधा। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। वर्षमा तीन चार बाली उत्पादन हुन्थ्यो। विगत सम्झँदै दासले भने, ‘आफंैले खनेको नहरमार्फत त्योबेला बहुबाली हुन्थ्यो।’ पछिल्लो समय करौडाैँ लगानीमा निर्माण भएको र भैरहेको सिँचाइ नहर प्रणालीले बहुबाली साँघुरिएको र साँघुरिँदै गएको उनले भने।

बन्दिपुरका मुक्तिलाल सिंह ९५५० को एउटै धोको छ, कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था। अहिले गहुँमा लगाउन पानी चाहिएको छ तर, कमला सिँचाइ नहर प्रणालीमार्फत उनको खेतसम्म पानी पुग्दैन। ‘पोटिलो गहुँका लागि कम्तीमा तीनपटक पानी लगाउनुपर्छ। यो सुख्खा भेगमा त चारपटक पानी लगाउनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म एकपटक मात्र पानी लगाएको छु। कारण कमला सिँचाइ नहरमा पानी छैन। तीनपटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन।’ कमला नहरको पानी यस क्षेत्रका किसानलाई धानबाली बाहेकलाई पर्याप्त नभभएको उनको भनाइ छ। जेठ असारमा अकाशे पानीले रोपाई धानिहाल्छ। ‘हामीलाई नहरको पानी पर्याप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो,’ उनले भने, ‘तर नहर सुख्खा छ, पानीका लागि हामी लालायीत छाैँ।’

कमला नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसारी, मसुर बाली जलिरहेको छ। गहुँ र दलहन खेतीलाई यो सिँचाइ नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानहरुको गुनासो छ। यतीबेला गहुँलाई चाहिने पर्याप्त पानी हो तर, नहर सुख्खा छ कर्जन्हा नगरपालिका बडहरामालका रामदेव ठाकुरले भने, ‘किसानलाई आवश्यक परेको बखत नहरमा पानी नै हुँदैन।’

सिँहका अनुसार दुई दशक पहिलासम्म आफ्नै बाहुबलले कमलाबाट खेतसम्म खनेको नहरमार्फत पर्याप्त सिँचाइ गरी बहुअन्न उब्जिन्थ्यो। धानको सिजनमा वर्षाको पानीले पनि पुग्छ तर, गहुँ, दलहन सिजनमा यस क्षेत्रका किसानको एकमात्र सहारा कमला पूर्वी सिँचाइ नहर हो। नहरमार्फत खेतसम्म पानी भइदिए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था ‘गुल्जार’ बनाउने यस क्षेत्रका किसानको धोको छ। तर, कमला नहरमा पर्याप्त पानी नहुँदा यस क्षेत्रका किसान मारमा छन्।

पहिला धान, गहुँ, दलहन, तोरी, चना फल्ने खेतमा चना र तोरीको खेती गर्ने परम्परा पनि सुक्यो। अब केवल धान र गहुँ खेती गरिन्छ। त्यो पनि वर्षभरि खान पुग्दैन। धान र गहुँ खेती गर्ने परम्परा पनि विस्तारै सुक्दै गएको किसानहरूको गुनासो छ। ‘पछिल्लो केही दशकमा बहुबाली धान, गहुँ, दलहन, तोरी, चनालगायत खेती हुन छाडिसक्यो। खानाको लागि पनि अन्न किन्नुपर्ने भयो,’ यहाँका किसान दुःखेसो पोख्छन्।

सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ लामो समय सिरहा भन्सार कार्यालय, खैरटोकामा जागिर खाएर अवकाश पाएका छन्। जागिरे अनुभूति सम्झँदै उनले भने, ‘दुईदशक अघिसम्म भन्सारबाट भारततर्फ धान बोकेर जाने बैलगाडाको लस्कर हुन्थ्यो।’ खैरटोका नाकाबाट जयनगर, दरभंगासम्म बैलगाडा ९गोरुगाडा०मा नेपाली धान पुग्थ्यो। ‘हेर्दाहेर्दै समय उल्टियो,’ उनले भने, ‘अन्न बेच्नेहरू अन्न किन्न थाले।’ उनको विचारमा समय उल्टिनुको कारण सरकारी नीति किसानमैत्री हुन नसक्नु अर्थात् सिँचाइ, मलखाद, बिउबिजनको पर्याप्त सहुलियत नहुनु नै हो।’

बेरोजगार बन्दै कृषि मजदुर
धनगडीमाई नगरपालिका–३ कि सुकनी सदाय ९मुसहर० वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछिन्। उनको पीडा छ, पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो अहिले त धान रोप्ने र छोप्ने ९काट्ने० बाहेक १० महिना बेरोजगार बस्नुपर्छ। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ। मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा साँघुरिन पुग्दा किसानीमा आश्रित कृषि मजदुर बेरोजगार प्रायः भएका छन्। कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ गएका छन्, जाँदैछन्।

कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर)को बाक्लो बस्ती छ। यही बस्तीका रामफल सदाय९५०० वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन्। पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले सुनाए। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ।

सिँचाइको पर्याप्तता भईदिए खेती किसानीमा जनआकर्षण स्वाभाविकरूपमा बढ्दै जाने दक्षिणवर्ती बरियारपट्टी–४ तेनुवापट्टीका किसान बेचन यादव बताउँछन्। यो गाउँको बीच भागबाट कटनीया खोला बग्छ। कमलाको नदिको पानीलाई कटनीयामार्फत प्रवाह गरेर यस भेगका किसानको खेत सिँचाई गर्न कटनीयामा ब्यारेज निर्माण हुँदै छ।

ब्यारेज निर्माण सुरु हुँदा यस भेगका किसानमा खुसीको सञ्चार भएको थियो। तर, चार वर्षभन्दा बढी भइसक्दा पनि यो योजना आधामै झुन्डिँदा किसानमा निरासा छाएको छ। ‘कटानियाको सिँचाइ प्रणालीमार्फत कमलाको पानी हाम्रो खेतसम्म पुगे यस भेगका किसानको दुःख दूर हुन्छ,’ सिँचाइ असुविधासँग मधेसको मरुभूमीकरणलाई जोड्दै किसान बेचन भन्छन्, ‘सरकारको लगानी बालुवामा पानी खन्याए सरह भयो, हाम्रो पेटको समस्या सामाधान भएन।’ कमला सिँचाइमा करोडौं लगानी भएको सुन्छु तर, किसानको समस्या ज्यूँकात्यूँ छ उनले प्रश्न गरे, ‘कर्मचारी मोटाउने किसान दुब्लाउने लगानी कहिलेसम्म रु’ सिँचाइ अभावमा जतिसुकै मिहिनेत गरेर बाली लगाए पनि खडेरी हुने पीडाले यहाँका किसान पिरोलिएका छन्। सिँचाइको असुविधा, मलखादको असहजताले यहाँका किसान किसानीतर्फ लगानी गर्न (बाली लगाउन) हच्किँदै छन्।

‘प्रदेश सांसदहरू, मुख्यमन्त्री र प्रदेश प्रमुखले प्रदेश–२ मा समृद्धिको आधार कृषि रहेको भनिरहेका छन्,’ किसान यादवले भने, ‘ग्रामीण मधेसको बन्जर जमिनमा जलसञ्चार नगरेसम्म ओठे भनाइको औचित्य प्रमाण्ीित हुन्न।’ प्रदेश समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बोलेर मात्र नपुग्ने उनको भनाइ छ। प्रदेशसभाको पहिलो बैठकदेखि नै सांसदहरूले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएका छन्। समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्र सम्भव रहेको उनीहरूले बताए पनि जलको समुचित व्यवस्थापनतर्फ कार्य प्रारम्भ नहुँदा किसानहरू सशंकित छन्।

स्रोत छ, उपयोग छैन
कृषि र खाद्यान्न उत्पादनका लागि मुलुकमै परिचित सप्तरीदेखि पर्षासम्मका आठ जिल्लामा९प्रदेश २० पछिल्लो समय आफ्नो आवश्यकता अनुरुपको खाद्यान्न उत्पादन समेत हुन सकेको छैन। खाद्यान्न निर्यात गर्ने यो प्रदेश अहिले आद्यान्नमा परनिर्भर बनेको छ। चालु आर्थिक वर्ष ०७५÷७६ का लागि प्रदेश २ ले ल्याएको बजेट तथा नीतिमा उल्लेख भए अनुसार आर्थिक वर्ष ०७२÷७३ मा यी आठ जिल्लामा९प्रदेश २० कुल ९ लाख ४८ हजार ६ सय ३९ मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो। यद्यपि उक्त वर्षको खपत भने १० लाख ६० हजार चार सय ८८ मेट्रिक टन थियो। अर्थात् १ लाख ११ हजार ३ सय ९५मेट्रिक टन खाद्यान्न आयात गर्नुपरेको थियो।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह भन्छन्, ‘कुनै बेला यहाँका किसानले उत्पादन गर्ने खाद्यान्न मुलुकका अन्य क्षेत्रसँगै सीमापारी भारतसम्म निर्यात हुने गथ्र्यो, अहिले हामीलाई खाद्यान्नमा पनि अरुकै भर पर्नुपर्ने स्थिति आइपुगेको छ।’ व्यवस्था परिवर्तणसँगै गठन भएको प्रदेश २ को समृद्धि कृषिमै निर्भर छ। तर, कृषिमा आधारित किसानको पिरलोमा परिवर्तण आएको छैन। जसकारण प्रदेश २ को समृद्धिमा चुनौती थपिएको जानकारहरू बताउँछन्।

यस प्रदेशको कुल खेतीयोग्य जग्गाको ८९।९ प्रतिशत जग्गामा मात्रै खेती हुने गरेको तथ्यांक छ। प्रदेश सरकारको आधिकारिक तथ्यांक अनुसार यहाँको कुल पाँच लाख ३५ हजार दुई सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये चार लाख ८१ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती हुन्छ। कुल खेतीयोग्य जग्गाको ६६।३ प्रतिशत अर्थात तीन लाख १८ हजार आठ सय ६९ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेश सरकारको तथ्यांकले देखाउछ। यो कहालीलाग्दो अवस्था हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कृषि सहकारी क्षेत्रका लागि तीन अर्ब बढीको बजेट तथा नीति ल्याएको छ। यसका अतिरिक्त भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सिँचाइतर्फ छुट्टै बजेट विनियोजन गरिएको सरकारको भनाइ छ। कृषकलाई अनुदान, प्रविधि तथा प्रविधिको ज्ञान, बिउबिजन तथा मलखादको उपलब्धता, कृषि उपजको बजारीकरण, कृषि क्षेत्रमा अध्ययन अनुसन्धान, कृषि उत्पादनको भण्डारणका लागि बजेट विनियोजन गर्नुका साथै विभिन्न नीतिगत व्यवस्थासमेत प्राथमिकताका साथ गरेको मन्त्री साहको दाबी छ।
मन्त्री साह भन्छन्, ‘खाद्यान्नमा सिंगो मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने क्षमता यस प्रदेशसँग रहेको छ, हामीले थालेको सकारात्मक प्रयासमा संघीय सरकारले सकारात्मक भूमिका निर्वाह गरिदिए आगामी एक–दुई वर्षमै यस प्रदेशले कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्ने सम्भावना छ।’ सिरहाको धनगढीमाई–८ का किसान झबु यादव किसानको बेहाल कथा बयाण गर्दै। इनसेटमा उनको सुख्खा खेत र डढ्दै गएको उँखु।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad