८ वैशाख २०८१ शनिबार
राजनीति

सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छः नेता श्रेष्ठ

रामेछाप– नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्।  

शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका हुन। उनले कम्युनिस्ट सरकारलाई कांग्रेसको विगतको इतिहास हेर्ने हो भने राजनीतिक इतिहासमा निकै अगाडि रहेकाले हल्का रुपमा नलिन आग्रह गरेका छन्। 

उनले वर्तमान सरकार हत्या र भ्रष्टाचारको पयार्यझैं बनिसकेको यो अवस्थामा सरकार टिक्ने आधार नै समाप्त हुँदै जान लागेको बताए। कांग्रेसको अर्थनीतिमा टिकेको वर्तमान सरकार सडक त टाल्न सकिरहेको छैन रेल र पानी जहाज संचालन गर्ने होहल्लालाई गाना ठानेर हिडेको बताए। 

उनले कांग्रेसले कामहरु प्रशस्तै गरेको भएता पनि प्रचारमा भने चुकेको कारण केही समस्या देखिएको बताए। कांग्रेसका लागि यो हतारको समय नभइ अवसरको समयको भएकाले यसको अधिकत्तम उपयोग गर्न सक्नु पर्ने बताए। उनले बाम गठबन्धनको एक घटकका रुपमा रहेको माओवादीप्रति व्यंग्य गर्दै आफ्नो अस्तिव बचाउनका लागि उसलाई अर्को शक्तिशाली पार्टीसँग मिल्नुको अर्को विकल्प थिएन त्यसैले अलि विचार मिल्नेसँग विलय भएर आफ्नो स्थान सुरक्षित गरेको बताए। उनले यदि एमालेसँग नमिलेको भए कांग्रेससँग नै मिल्न आउने बताए। 

उनले पछिल्लो समयमा केही जिल्लाका सभापतिहरुको भेलाका सन्दर्भमा भने जिल्ला सभापति भर्सेज केन्द्रिय समिति बन्न नहुने बताए। उनले सबैले आफ्नो आफ्नो जिम्मेवारीमा बसेर काम गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: २३ चैत्र २०७५ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App